हामि संग जोडिनुहोस

स्वास्थ्य

आँखा पाक्ने रोगबाट बच्न के गर्ने ?

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२०
  • सुन्नुहोस् 
1.39K  
Banner

काठमाडौं ।  विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरूमा आँखा पाक्ने समस्या भएका बिरामीहरूको चाप बढेको छ । 

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा।सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् । उनले भाइरल इन्फेक्सन र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरू अस्पताल आउने गरेको बताइन् । उनले यो पटक विगतको वर्षहरू भन्दा धेरै नै केसहरू देखिएको बताइन् । 

आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले  भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् । डा।बज्राचार्यका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महसुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताइन् । डा.बज्राचार्यले एक व्यक्तिको आँखाको तत्त्व अर्को व्यक्तिमा पुग्यो भने फैलिन सक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् । 

आँखा पाक्ने रोगबाट बच्न के गर्ने ?

आँखा चिसोले तथा बरफले सेक्ने

सफा पानीले आँखा सफा गर्ने

घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने

संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने 

  के नगर्ने ? 

संक्रमित आँखालाई सकेसम्म नचलाउने

स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने

अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने

आफूखुसी औषधिको प्रयोग नगर्ने 


तपाइको प्रतिक्रिया दिनुहोस्