हामि संग जोडिनुहोस

स्वास्थ्य

गोरीफन्टा र गड्डाचौकी नाकामा ३ नेपालीमा रोना संक्रमण पुष्टि

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२२
  • सुन्नुहोस् 
1.04K  
Banner

धनगढी । कैलालीको गोरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सो नाकाहरुबाट नेपाल भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

गौरीफन्टा नाकाबाट भित्रिएका ५८ जनामा कोरोना जाँच गर्दा २ जना र गड्डाचौकी नाकाबाट भित्रिएका ३५ जनामा कोरोना परिक्षण गर्दा १ जनाका कोरोना संक्रमण देखिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार उनीहरुको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । 

आइतबार पनि सो नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो केही दिन यता दुवै नाकाबाट भित्रिने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । एक साताको अवधिमा मात्रै दुवै नाकाबाट भित्रिएका १७ जनामा कोरोना पुष्टि भइसकेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्