हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बडिमालिका नगरपालिकामा महिला कर्मचारी शाही र सुर्यबंसी बिच कुटाकुट

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२०
  • सुन्नुहोस् 
1.1K  
Banner

धनगढी । बाजुराको बडिमालिकाका महिला कर्मचारीबिच पालिकाभित्रै कुटाकुट भएको छ । बडिमालिका नगरपालिकामा पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको हो । यो घटना शुक्रवार घटेको बताइएको छ । स्रोतका अनुसार मेड्पा परियोजना प्रमुख रञ्जीता शाही र कबिता कुमारी सुर्यबंसीबीच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको हो ।

कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण उनीहरु बिच लफडा भएको बताइएको छ । कुटाकुटपछि सुर्यबंसी अस्पताल भर्ना छिन् । दुबैलाई चोट लागेकोमा सुर्यबंसी भने अस्पतालमा उपचाररत छिन् । लफडाको विषयमा छानबिन हुने नगरपालिकाले बताएको छ ।





तपाइको प्रतिक्रिया दिनुहोस्