विदेशी चिकित्सकको सहयोगविना नेपालमा दोस्रो सफल कलेजो प्रत्यारोपण - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

विदेशी चिकित्सकको सहयोगविना नेपालमा दोस्रो सफल कलेजो प्रत्यारोपण

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-१५
  • सुन्नुहोस् 
1.22K   
विदेशी चिकित्सकको सहयोगविना नेपालमा दोस्रो सफल कलेजो प्रत्यारोपण : Phulbari Khabar

काठमाण्डौ । विदेशी चिकित्सकको सहयोगविना त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दोस्रो सफल कलेजो प्रत्यारोपण गरेका छन् । सबैभन्दा जटिल शल्यक्रिया मानिएको कलेजो प्रत्यारोपण दोस्रोपटक नेपाली चिकित्सकले नै  सफल शल्यक्रिया गरेका हुन्।

Phulbari Khabar

त्रिवि शिक्षण अस्पतालमा चिकित्सक डा. रमेश भण्डारीको नेतृत्वमा माघ २६ मा दोस्रो व्यक्तिमा प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण सफल भएपछि शल्यक्रियाको १६औँ दिनमा आइतबार बिरामीलाई डिस्चार्ज गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको यो प्रत्यारोपण १२औँ सफल कलेजो प्रत्यारोपण हो। अस्पतालका अनुसार ३३ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो, जसलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् । 

Phulbari Khabar

यसअघि नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको संलग्नतामा पहिलोपटक गत पुस २७ मा कलेजो प्रत्यारोपण गरीएको थियो।

विदेशी चिकित्सकको सहयोगविना नै पहिलो र दोस्रो प्रत्यारोपण सफल भएपछि थप सेवाका लागि आत्मविश्वास बढेको डा. भण्डारीले बताएका छन् । प्रत्यारोपणका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति उपलब्ध भएकाले प्रत्येक महिना एकजनामा सफल प्रत्यारोपणको लक्ष्य रहको डा. भण्डारीले बताएका हुन्। 

त्रिवि शिक्षण अस्पतालले यसअघि विदेशी चिकित्सकको सहयोगमा १० वटा बिरामीमा कलेजो प्रत्यारोपण गरेको थियो। त्रिविमा ०७६ जेठ १७ गते पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो, जसमा भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञसहितको टोलीले सहयोग गरेको थियो। 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च