कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने

  • Phulbari Khabar Logo
    दिपक बम
  • Logo
    २०८०-११-१३
  • सुन्नुहोस् 
1.55K   
कैलालीमा फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप लगाइने  : Phulbari Khabar

धनगढी । कैलालीमा यहिँ फागुन १३ गते देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान संचालन लागेको हो । 

Phulbari Khabar

स्वास्थ्य कार्यालय कैलालीले बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा दादुरा–रुबेला खोप लगाउन अनुरोध गरेको छ । खोप अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ । 

नियमित खोप छुटभएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ । कैलालीमा दादुरा–रुबेला रोग विरुद्धको खोप अभियानमा नौं सय ६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचाल गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Phulbari Khabar

यस्तै एक हजार ९ सय २८ स्वयंमसेवक र ए.ई.एफ.आई. व्यवस्थापन तथा अनुगमनका लागी २० जनालाई परिचालन गरिने जनाएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च