प्रवास
रूसले क्यान्सरविरुद्धको खोप बनाउदै

रूस । रूसले क्यान्सरविरुद्धको खोप बनाउने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी वैज्ञानिकहरू क्यान्सरविरुद्धको खोप बनाउन नजिक पुगेको बताएका छन् । वैज्ञानिकहरूले बनाउन लागेको क्यान्सरविरुद्धको खोप चाँडै नै बिरामीहरूलाई उपलब्ध हुन सक्ने उनले बताए ।
पुटिनले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘हामी क्यान्सर भ्याक्सिन र नयाँ पुस्ताको प्रतिरक्षा प्रणाली बलियो बनाउने औषधिको निर्माणको धेरै नजिक पुगेका छौं । मलाई आशा छ भ्याक्सिनलाई मानिसको उपचारमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ ।’
यद्यपि पुटिनले कुन प्रकारको क्यान्सरको उपचारका लागि प्रस्तावित भ्याक्सिन प्रयोग गरिने बताएनन् । धेरै देश र कम्पनीहरूले क्यान्सर खोपमा काम गरिरहेका छन् ।
खोप बनाउने प्रक्रियामा वैज्ञानिकहरू अन्तिम चरणमा पुगेको उनले बताएका छन् । गत वर्ष बेलायत सरकारले ‘व्यक्तिगत क्यान्सर’ को उपचारका लागि क्लिनिकल ट्रायल शुरू गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्