खैरो हेरोईनसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर, ३० जेठ/कञ्चनपुर प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको जिल्ला पिलिभिट ग्राम पञ्चायत थाना हजारा टारगंज बस्ने २६ वर्षीय जसबिन्दर सिंह रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनलाई १० ग्राम ३८० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित पक्राउ गरिएको हो ।
उनलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट दायाँ हातको मुठ्ठीमा सेतो प्लाष्टिकको थैली भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा शुद्ध तौल गर्दा १० ग्राम ३८० मिलिग्राम लागु औषध (खैरो हेरोईन) र नगद भारतीय रुपैया नगद पाँच हजार फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय बेल्डाँडाडी र प्रहरी चौकी झिलमिलाबाट प्रहरी सहायक निरीक्षक गणेश बहादुर चन्दको कमाण्डमा खटिएको सयुक्त प्रहरी टोलिले कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडा नमबर ३ राधाकृष्ण मन्दिर स्थित पैदल हिन्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।