पालिकामा निल रहेको दार्चुलाको जिसस प्रमुखमा काँग्रेस विजयी

धनगढी, ३० जेठ/दार्चुलामा पालिकामा निल भएको नेपाली काँग्रेसका जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदबार बिजयी भएका छन् ।
दार्चुला जिल्ला समन्वयमा काँग्रेस र माओवादीले गठबन्धन बनाएर निर्वाचन लडे्का थिए । सत्ता गठबन्धन दलकोतर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू कश्यप र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका छन् ।
काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुष्करसिंह धामी, खडकसिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन् ।
यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारहरुले १० मत ल्याएर विजयी भएका हुन् । प्रतिष्पर्धीका रुपमा रहेका एमाले उम्मेदवारहरुले ८ मत पाएका थिए ।