धनगढी । धनगढी उपमहानगरपालिकाले झण्डै दुई अर्व हाराहारीको बजेट पेश गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०र८१ का लागि उपमहानगरपालिकाले एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमानित रकम दशौं नगर सभामा पेश गरेको हो ।
उपप्रमुख कन्दकला रानाले चालु तर्फ एक अर्व १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजिगततर्फ ७८ करोड ६५ लाख २७ हजार एक सय ५५ गरि एक अर्व ९३ करोड आठ लाख २४ हजार दुई सय १८ को अनुमति रकम पेश गरेकी हुन् ।
उपमहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघिय सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हष्तान्तरणतर्फ ३५ करोड ३२ लाख १२ हजार र सरी आएको १२ करोड ५० लाख रकमलाई आयतर्फ विनियोजन गरेको छ ।