श्यामकलाको छटपटी

ऊ मलाई किन यति माया गर्छे ? म बुझ्दिनँ । हुन त प्रेम एकोहोरो मात्रै भएको भए मलाई देख्ने बित्तिकै उसको मुहारको भङ्गीमा बदलिन्थ्यो होला । भाव फेरिन्थ्यो होला ।
मैले उसलाई सायदै माया गर्छु । हालखबर सोधिरहन्छु । बोलिरहन्छु । बोलाइरहन्छु । उसलाई लाग्दो हो कोही त मसँग बोल्न हिच्किचाउँदैन । मलाई हाँसोको पात्र बनाउँदैन । मेरो कुरा धीरतापूर्वक सुनिदिन्छ ।
ऊ अर्थात् श्यामकला । श्यामकला बिहानै सखारै उठ्छे । प्रथम भालेको डाँकसँगै । आँखा मिच्दै गोठमा जान्छे । गाईबस्तुका लागि कुँडो पानी गर्छे । दुहनबाहन, गोबरसोत्तर सकेपछि ऊ चिया बनाउने तरखरमा भान्छामा छिर्छे ।
दिउरीमा चिया बसालेर आमा(बा, दाइ र बैनीलाई उठाउन जान्छे । चिया भकभकी उम्लन्छ । सबैजना बसेर चुस्की लिन्छन् । चियाको चुस्कीले ओठ सेलाउँदा नसेलाउँदै आमा(बा घाँस काट्न जंगलतिर लाग्छन् ।
गीतु गैरे
बैनी होमवर्क गर्छे र दाइ मोबाइलमा गेम खेल्दै बस्छ । श्यामकला हतारहतार खाना बनाउन लाग्छे । घाम नछिप्पिंदै खाना तयार गर्छे । बिहानको खानपान सकेपछि जुठो सफा गर्ने अभिभारा उसकै थाप्लामा आउँछ । उसो त भात(भान्छापछि पनि उसको ढाड सीधा कहाँ हुन्छ र ? सुसेधन्दाले पछ्याइरहन्छ । दिउँसोपख कहिले कसको, कहिले कसको लुगा धुनु परिरहन्छ । मैलाधैला लुगाको खातले उसलाई पर्खिरहेकै हुन्छन् ।
दिउँसो खाजा(नास्ता पनि उसको भागबाट विमुख हुँदैनन् । रात्रिकालीन चूले धन्दा सक्दा शरीरका कुनै तन्तु थाक्न बाँकी हुँदैनन् । अबेर राति ओछ्याउनमा फुक्दा उसका खुट्टाहरू थकानले शिथिल भइसकेका हुन्छन् ।
परिवारका सदस्यहरूको रेखदेख, स्याहारसम्हारमै उसका जीवनका सुईहरू गतिमान भइरहेका छन् ।
उसको कपालका रङ, हिंड्न ढङ्ग नहेरी, कम्मरको गोलाइ, छातीको चौडाइ ननापी, स्थूल आँखामा सौन्दर्यको लेप नलगाई, छालाको रङमा दृष्टि नलगाई, दिमागको तेजको नापो नलिई कसैले भनोस्, श्यामकला तिम्रो इमानको आभाबाट म पुलकित भएँ, प्रभावित भएँ
गुनासो, थकाइ उसको शब्दकोशमा छैन । कसैले नयाँ लुगा किनिदिए लगाउँछे । नत्र जडाउरी नै उसका लागि काफी छन् । मीठो(मसिनोसँग पनि उसको खास चिनजान छैन । उसका इच्छा, आकांक्षाहरू खुम्चिंदै गइसकेका छन् । यसो भनौं न, जीवनको भाग(दौड र पारिवारिक रेखदेखमा उसका चाहना कतै छुटे ।
त्यसो त, ऊ आफ्ना आकांक्षा बुझ्न पनि असमर्थ छे । परिवार सबैको सहयोगी बनेकी छे । वल्तिरपल्तिरबाट छिमेकी आउँदा होस् वा घरमा पाहुना आउँदा होस् उसलाई विचरीको दृष्टि फ्याँक्छन् । क्वारक्वार्ती हेर्छन् । अरूले किन हेर्छन्, त्यसको तात्पर्य उसको मनभित्र खुल्दैन । ऊ रहस्यमयी आँखाले सबैलाई हेर्छे र आफ्नै लयमा फर्कन्छे ।
बाहिरबाट आउनेलाई लाग्दो हो, घरमा कति काम हुँदोरहेछ । कामको चाप त श्यामकलालाई मात्र हो । अरू सदस्यलाई केही काम छैन ।
ऐनमौकामा उसलाई घरका सदस्यले तेरो के काम छ र ? घरमै बस्ने त हो नि भनेर भनेनि बिझाउने होइन । यति भन्दा उसलाई ननिको नलाग्ने होइन । तर, झगडा गर्नु, दन्तबझानमा उत्रनु उसलाई स्वाभाविक लाग्दैन ।
आफ्नो जिम्मेवारीमा कमजोरी, कञ्जुस्याइँ गर्दिनँ । बडो इमानदारी र मिहिनेतका साथ सम्पादन गर्छे ।
ऊ मानसिक रूपमा अलि कमजोर थिई । पढ्न सकिनँ । जति कोशिश गरे पनि पढाइलाई गति दिन सकिनँ । धेरै वर्षसम्म एउटै कक्षामा दोहोरिइरही । उसलाई धीमा नै पढाइलाई गति दिन मन नभएको होइन । आफूभन्दा कम उमेरकासँग पढ्नुपरेकाले अनुहारमा लज्जाका धर्साहरू पनि बसे ।
उमेरले अंक थप्दै गयो । शरीरका अंग हुर्कन थाले । बोलीमा यौवनता मिसिन थाल्यो ।
आफ्नै अंगमा आएको फेरबदल देखेर ऊ चित् पनि खान्थी । तर, सरस्वतीले सदैव उपेक्षा गरिरहिन् ।
उसको पढाइको घिसिपिटीले चार कक्षाको सिंढी उक्लन मानेन । अन्ततः उसले त्यहीं बिट मारी ।
हरेकपटक, हरेकजनाले बिचरी के गरेर खाली भनेर हियाउँदा उसको मन चसक्क हुन्छ । मुटुमा शूल उठ्छ । घरकालाई थाहै नदिई मामाघर हान्निन्छे ।
उसकी आमाले पनि बारबार दोहोर्याउँछिन्( श्यामकला नहुने हो भने मेरो मन आत्तिन्छ । हातगोडा बाउँडिन थाल्छन् । कति धैर्यवान् छे । घरको सबै कामधाम सक्छे ।
आमालाई पनि सान्त्वना मिल्छ( मामाघर आउने कारण पनि मसँग भेटिनु हो । म उसलाई कहिल्यै तिमी कमजोर छौ भन्दिनँ । अनेक कुरा गरेर उसको अनुहारमा खुसीको जुनेली फिंजाइरहन्छु ।
श्यामकला सानै कुराले खुसी हुन्छे । आनन्दित महसुस गर्छे । सानै खुसीले उसको अनुहारबाट पीडाको बादल उतार्छ । श्यामकला तिमी राम्री छ्यौ भनिदिंदा उसको अनुहारको बादल एक्कासि फाट्छ ।
यही कुरा कुनै पुरुषले भनिदिए
उसको कपालका रङ, हिंड्न ढङ्ग नहेरी, कम्मरको गोलाइ, छातीको चौडाइ ननापी, स्थूल आँखामा सौन्दर्यको लेप नलगाई, छालाको रङमा दृष्टि नलगाई, दिमागको तेजको नापो नलिई कसैले भनोस्, श्यामकला तिम्रो इमानको आभाबाट म पुलकित भएँ, प्रभावित भएँ ।
आऊ मेरो अँगालोमा।।१ सँगसँगै जीवन बिताऔं ।
शायद उसको र मेरो कल्पनाको रङ र आकार एकै छ । एउटै छ ।
म फेरि तन्द्राबाट एक्कासि ब्युँझन्छु । पुनः सोच्छु अहिलेको यो स्वार्थी समाज र मानिस‘ अहो १ के श्यामकलामा मायाको भोक छैन र रु उसँग पनि चाहनाका चाङ छन् । ती स्वाभाविक होइनन् र ?
के उसका जीवनमा दुःखले हाँगा हालेका छैनन् र ?
न परिवार, न साथी, न कोही खास मान्छे ? कसको काँधमा राख्ने उसले शिर ? कहाँ बिसाउने आफ्नो गुनासोका पोका पन्तुरा ? सभारःअनलाईनखबर