काठमाडौं, ८ बैशाख/सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी अनुगमुन संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । सातै स्थानका सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जनाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
वैशाख १८ गते सुर्खेत र धनगढीमा संयुक्त सभा हुनेछ । यस्तै १९ गते पोखरा र बुटवलमा सभा आयोजना गर्ने निर्णय भएको छ । २० गते विराटन र जनकपुरमा सभा गरिनेछ भने २२ गते काठमाडौंमा सभा आयोजना गरी समापन गरिने संयन्त्रले जनाएको छ ।