धनगढीमा दन्त शिविर सकियो, आँखा शिविर सुरू

धनगढी, २५ फागुन।धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा एक दिने दन्त शिविर भएको छ ।ॐ श्री डेण्टलको प्राविधिक सहयोग, वडा नम्बर १५ भलमन्सा समितिको सहजीकरणमा धनगढी उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले दन्त शिविरको आयोजना गरेको हो ।
शिविरबाट १५० जनाले सेवा लिएको वडा अध्यक्ष फुलराम चौधरीले बताए । शिविरमा प्राविधिक सहयोग गर्ने ॐ श्री डेण्टललाई नगर प्रमुख नृपबहादुर वडले सम्मान गरे ।यस्तै, वडा नम्बर १५ मै दुई दिने आँखा शिविर सुरू भएको छ । धनगढी नेत्रालयको प्राविधिक सहयोगमा, वडा नम्बर १५ को सहजीकरणमा धनगढी उपमहानगरपालिकाले शिविरको आयोजना गरेको हो ।
शिविरको पहिलोदिन चार सय बढीले सेवा लिएका छन् । शिविरमा प्राविधिक सहयोग गर्ने धनगढी नेत्रालयलाई नगर प्रमुख नृपबहादुर वडले सम्मान गरे ।