बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । बुधबार एक कार्याक्रमका बिच वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
बिज्ञापन
‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ वडालाई पूर्ण खोपयुक्त वडा घोषण गरिएको छ । पूर्णखोपका लागि आवश्यक मापदण्ड पूरा भएकोले वडा नं १ लाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक गणेश बहादुर खातीले जानकारी दिए ।
वडाका सबै बालबालिकाले खोप पाएपछि सुनिश्चितता गरिएको उनले बताए । अहिले वडा नं १ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको र बाँकी वडाहरुलाई पनि छिट्टै गरिने उनको भनाई छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यज्ञ भट्ट (युदु), वडा अध्यक्ष, स्वास्थ्यकर्मी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।