धनगढी।नेपाली काँग्रेसकाे १४ अैा महाधिवेशनपछिकाे प्रथम कैलाली जिल्ला सम्मेलन कैलालीकाे कैलारी ४ भितरिया सुरु भएकाे छ ।
नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्ट अध्यक्षतामा सुरु भएकाे सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेका छन् ।
प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा बिशिष्ठ अतिथि रहेकाे कार्यक्रममा पार्टीका प्रदेश र जिल्ला तहका नेताहरुकाे सहभागिता रहेकाे छ ।
सम्मेलनमा आगामी वर्षकाे कार्ययाेजना ,राजनितिक प्रतिवेदन,सांगठनिक प्रतिवेदन समेत पेस गरिने बताईएकाे छ । कार्यक्रमकाे संचालन जिल्ला सचिव केशब मिश्रले गरिरहेका छन् । यस्तै स्वागत मन्तब्य पार्टी उप सभापति खेमराज डगाैरा थारुले ब्याक्त गरेका छन् ।