किशोर तामाङ
पुनर्वास ।कंन्चनपुरकाे पुनर्वास नगरपालिकाले नगरवासीलाई आवश्यक पर्दा निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी धनगढी शाखा,कैलाली सँग पुनर्वास नगरपालिकाले रक्तसंचार केन्द्र धनगढीलाई रगत संकलन कार्यमा आवश्यक सहयोग गर्ने र लाग्ने दस्तुर पालिकाले ब्यहोर्ने गरी सम्झौता गरेको छ ।
रगतको अभावमा कोही पनि पुनर्वासी जनताले सास्ती बेहोर्नु नपरोस् भन्दै पुनर्वास नगरपालिकाभित्र रक्तदान उत्प्रेरणा कार्यक्रमको आयोजना गर्न गराउन नगरपालिकाले वार्षिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने र यसका लागि आवश्यक प्राविधिक सहयोग रक्तसंचार केन्द्र धनगढीले गर्ने गरी निःशुल्क रगत उपलब्ध गराउनका लागि नगरप्रमुख तोय प्रसाद शर्माले नेपाल रेडक्रस धनगढी शाखा कैलाली सग समझौता गरेको जानकारी दिनुभयो।
पुनर्वास का बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । अब धनगढीको जुन सुकै हस्पिटल मा पुनर्वासका नगरबासीहरुले उपचार गराउंदा यस पुनर्वास नगरपालिका र नेपाल रेडक्रस धनगढी को सम्झौता अनुसार सम्पुर्ण बिरामीहरुको लागि निशुल्क रगत उपलब्ध हुनेछ। पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ,’ उनले भने, ‘आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको बन्दोबस्ती मिलाएको हुँ । ’ नगरप्रमुख शर्माले बताउनुभयो ।
पुनर्वास नगरपालिकाका प्रत्येक बिरामी जो रगत नपाई समस्यमा परेका नागरिकले नागरिकता, भोटिङ कार्ड, लाईसेन्स र बच्चाको हकमा जन्मदर्ताको फोटोकपी उपलब्ध गराएपछि रेडक्रस सोसाइटी शाखा धनगढी बाट निःशुल्क रगत उपलब्ध गराउने नेपाल रेडक्रस सोसाईटी धनगढी शाखाका सभापति बासुदेव बिनाडीले जानकारी दिए ।
कैलाली स्थित रक्तसञ्चार केन्द्रमा एक पोका रगतको १ हजार १ सय ५० रुपैयाँ लिने गरिएको छ । समझौता पश्चात बिगत दिनहरूमा ब्लड को पोकाको लाग्ने दस्तुर रु.११५० पर्ने रकम पनि तिर्न नपर्ने नगर प्रमुख शर्माले जानकारी दिनुभयो।