धनगढी । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको कार्यक्रम अर्को सुचना नआउँदा सम्म स्थगित गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले एक सूचना जारी गर्दे जेष्ठ ६ गते देखि १० गते सम्मको नेपाल बन्द कार्यक्रम स्थगित गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
“लाल आयोग” प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेवुल भैसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भएपनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नुभएको हुंदा सरकार पक्षसंग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले प्रेस विज्ञप्तिमा आहवान गरिएको “नेपाल बन्दू कार्यक्रम अर्को सूचना नआउँदा सम्म स्थगित गरिएको छ’ पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।