शितल शर्माको "नमुना जोडी" बजारमा,सार्बजनिक भएको "नमुना जोडी " हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

सांगीतिक कोशेली पानी जहाज देखि चर्चामा आएकी गायीका तथा उद्घोषक शितल शर्माले हरितालिका तीजको अवसर पारेर बजारमा तीज कोशेली "नमुना जोडी " सार्बजनिक गरेकी छिन, बिन्ध्यबासिनी म्युजिकले बजार ब्यबस्थापन गरेको गीतको दृश्य निर्माण बुटवलमा अविरल फ्ल्म्सले गरेको छ l जुन भिडियोको निर्देशन छायांकन र सम्पादन बिष्णु भट्टराईले गरेका छन् l आफ्नो जोडीलाई नमुना जोडी बनाउ भन्दै माया र विश्वासका शब्द हरुले भरिएको तीज कोशेली दर्शकको माझमा आएको छ l बुटवलकै कलाकार राज केसी , मिनुज़ राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ l बुटवलको चर्चित अम्रपालिमा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ l राजेन्द्र भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ l