कृतबहादुर बिष्ट
म सायद त्यस्तै तीन÷चार कक्षामा पढ्थे होला केही दिनिपछि गौरा आउदै छ , स्कुल छुट्टी हुन्छ , नयाँ लुगा लगाउन पाईन्छ म सार्है खुसी थिए। म मात्र होईन मेरो गाँउटोल अनि मेरा बालापनका साथीसंगीमा यही खुसी थियो । कपडाको नाप लिई कपाडा सिलाउन दिईसकेको थियो । मेरो मात्र होईन घरका सबै सदस्यको । बुवा घर पुगिसक्नु भएको थियो , भारतवाट सबैलाई नया कपडालिएर , सायद गाँउका अन्य साथीका बुवा ,कसैका श्रीमान् अनि छोराहरु पनि भारत वा स्वदेसवाट गाउँ फर्कि सकेका थिए ।
गाउँका एकजना साथीलाई लगेर म कपडा सिलायो कि सिलाएन भनेर पटक–पटक कपडा सिल्ने दाईकोमा गएर जसरी नि गौरामा कपडा सिलाई दिन आग्रह गरेको कुरा झलझली ताजै छ ।
गाउँमै रहेको गोरेखलोमा १५ दिन अगाडि खेलिने साझपखको देउडा र बच्ने वाजागाजाले गौराको रौनक ल्याई सकेको हुन्थ्यो । मात्र हामी प्रतीक्षामा हुन्थेउ गाौराको लागि दिईने स्कुलको झण्डै एकहप्ता लामौ स्थानिय बिदा र गौरामा रमाउने दिनको ।
यस्तै प्रतिक्षामा रहँदा रहदै जब बिरुडा पन्चमी बरुडा धुने दिन सुरु हुन्थ्यो अब गौरा सुरुभयो भन्ने आसा पलाउथ्यो र खुसी भईन्थ्यो , अनि बिरुडा धुने दिन , (नोलाकि गोरा)का दिन देविलाई चढाउने गुछ्छा सहितका फलफुल खोज्न खुव सुसी भईन्थ्यो र त्यसैगरी भित्रकी गोरा अर्थात गौरा भित्राउने दिन त झनै मजा आउथ्यो , नौली गोरिया अर्थात बिवाह गरेका र पहिलो पटक दुबधाको लगाउनेका श्रीमानले बोकेर धान,सौ,तिल,गोरेपूmल,तितेपाती आदी (स्थानिय नाम) खेतवारीवाट खोजेर गौराको देबिको प्रतिमुर्ति ल्याउदा कम्तिको रमाईलो हुन्थेन । पन्चे बाजा दाईना दमौ, झ्याली ,बिगुल, मसकवाजो सहित गौरा देविको जय जयकारको नारा । हामी पनि आफ्नै समूह बनाए गमरा देविकी जै भन्दै गोराको खालोको परिक्रमा सङ्गै देउघरमा गारौ भित्¥याउदा सम्म हामी संगै हुन्थ्यो ।
र त्यो दिन बर्तालु महिलाहरुले सप्तमी नलगाउन्जेल सम्म खाना नखाने भएकोले सप्तमीमा (ब्राहमणद्धारा बैदिक मन्त्रद्धारा पुजन गरिएको धागो) मन्त्र गराएर चाँडो घर जानेकोे भिँड हुन्थ्यो । घरमा मेरो (ईजा) आमा पनि कतीखेर उक्त सप्तमी आउला र खाना खाउँला भन्ने आसमा घरमै कुरिरहनुहुन्थ्यो । म पनि आमा संगै सेल पुरी खिर बटुक झझे (स्थानिय परिकार) आमा संगै खाने आशामा बसेको हुन्थे । र सप्तमी लगाए पछि घरपरिवार संगै मिठा मसिना खाना खाएर हामी बिहानै गौराखलामा जाने आसामा सुतिन्थ्यो । अर्को पल्ट अर्थात बिहानै नयाँ कपडा लगाएर गोराखलोमा गईन्थ्यो ।
अठेवालीका दिन शिबगौरीको कथा समेटिएको अठेवाली संगै पटक–पटक बजाईने स्थानिय बाजा गाजाले माहोल एकदमै रमाईलो लाग्दथ्यो । र अठेवाली सकिएपछि मान्यजनबाट पन्च बिरुडाले आफन्तलाई पुजन गरिसकेपछि बर्तालु महिलाहरुले बल्ल खानाखाने गर्दथे ।
अठेवालीको दोस्रो दिन देखि झनै रमाईलो हुन्थ्यो बिशेष गरी म जन्मेको स्थान अर्थात बैतडी जिल्लाको हालको दोगडाकेदार गाँउपालिका कालागाउँमा ठाडोखेल, जसमा संसारिक सृष्टि तथा भगवान रामको जीवन कथाहरु गाईन्थ्यो । जसको बिचबिचमा ढुस्को धुमारी र बिचबिचमा धामी काम्ने र साँझपख देखि प्राय कहिले आधीराती त कहिले रातभरी देउडा खेलका कारण गौरा पर्वको माहोल एकदमै रमाईलो लाग्दथ्यो ।
हामी पनि कतीखेर गुच्चा, कतीखेर लुकामारी त कतीखेर देउडा ,ठाडोखेल खेल्ने प्रयास गथ्र्यौ भने सानै भएकाले ठुलामन्छेले पैतला अर्थात खुट्टाको ताल मिलाउन नजानेको भन्दै भगाई दिन्थे र निरास पनि भईन्थ्यो । भने आफुले लगाएका नयाँ कपडाको प्रदर्शन गर्न पनि रमाईलै हुने गथ्र्यो भने खल्तीमा पनि अलिकती नास्ता खाने पैसा हुने भएकोले खुबै आनन्द लाग्ने गर्दथ्यो ।अबस्था र परिस्थीती हेरी ३ देखि ५ दिन सम्ममा स्थानिय चलन प्रचनमा गौरा सेलाईने गर्दथ्यौ ।
मैले तीन चार कक्षा पढाई गर्दाखेरी आठ कक्षा पढ्दा सम्म मैले गौरा पर्वका बिषयमा धेरथोर बुझे । देउडा ठाडोखेल र ढुस्को धुमारीमा पनि खबै रुची राख्दथे । मैले बढीरुची राख्नु पर्ने एउटा कारण पनि छ । मेरो जन्मेको गाँउमा मुखियाका नामले चिनिएका मेरा हजुरबाले गौरामा ठाडोखेलका गितारुको भमिका निर्वाह गरेको देख्थे । कारण हाम्रै परिवारले मात्र ठाडोखेलको नेतृत्व गर्नु पर्ने प्रचलन रहेछ । हजुरबुवाको बुडेसकालका भएकाले कतीखेर बुवाले पनि नेतृत्व गर्ने गर्दथे । यसै कारण पछिपछि मैले पनि यसैको नेतृत्ब गर्नु पर्छकी भनेर मैले अलि बढी चासो दिने गर्दथे , र भुमारी ढुस्को वा ठाडोखेल याद गर्ने गर्दथे र केही याद पनि गरिसकेको थिए । भने साझपख अलीअली देउडा गाउन पनि जानी सकेको थिए ।
समर्गमा भन्नु पर्दा सुदूरपश्चिमका अधिकांस जिल्लाहरुमा सबैभन्दा बढी महत्व दिएर मनाईने पर्वको रुपमा मैले गौरा पर्वलाई पाएको थिए र छ पनि ।समय र अबस्था फेरियो म बसाई सराईका क्रममा कैलाली झरे र पहाडमाबर्तमान अवस्थामा पनि गौरा पर्वको रौनक उस्तै छ । बिशेष गरेर कैलाली कंन्चनपुरमा पनि गौराको रौनक राम्रै हुने गर्दछ ।
बिशेतः कैलाली र कंञ्चनपुरमा गौराको रौनक राम्रै हुन्छ ।बसाईसराईका कारण दुबैजिल्लामा पहाडी सात जिल्लाका मनिसहरुको बसोबास रहेको छ । सबै जिल्लाका मनिसहरुले आफ्नै चलन रितीरिवाज अनुसार गौरा मान्ने गरेको मैले पाएको छु । तर पछिल्ला दिनहरुमा गौरा पर्वलाई देउडाको प्रयायबाचीको रुपमा लिने गरेको पनि मैले पाएको छु । मैले बुझे अनुसार गौरा पर्वले धार्मिक, संस्कृतिक कुरालाई बढी महत्व दिएको छ , र संगै देउडा पनि गौरा पर्वसंगै जोडिएको एक पाटोको रुममा मात्र हो । गौरा पर्वको आफ्नै बिधि र प्रक्रिया छ भने देउडा सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेशको मुख्य लोक भाका हो, जुन बिभिन्न अबस्था र परिस्थीमामा पनि गाईने गरेको छ ।
जेहोस् गौरा पर्व यस क्षेत्रको महत्वपुर्ण मौलिक पर्व हो पछिल्ला दिनहरमा यसको सांस्कृतिक तथा धार्मिक प्रभाव , देशको राजधानी देखि बिभिन्न स्वदेशी शहर तथा बिदेशमा पनि उत्तिक्कै बढ्दै गएको छ ।
यसको मौलिकता जोगाई राख्नु र यसको संस्कृतिक महत्व अबको नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्नु हामी सबैको दायित्व हो यसमा बिकृति भित्रिन दिनु पनि हुँदैन ्। यस वर्ष बिश्वमहामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण रौनक घटे पनि आगामी दिनमा साबिककै रौनकका गौरा पर्व अगाडी बढ्ने छ । गौरामाताले सबैको कल्याण गरुन् शुभकामना ।