डोटी१० भदौ। बर्षौ देखि पुल निर्माण नहुदा समस्या झेल्दै आएका डोटीको पुर्बिचौकी गाउँपालिका –७ टिमुरदहका स्थानीयलाई बर्षायाम सुरु भए पछि गाउँ वारिपारी गर्न र खेतको काम गर्न निकै सकस हुनेगरेको थियो तर यसपाली भने पुल निर्माण भएपछि यहाका स्थानिय निकै खुशी भएका छ्न
कहिले पुल निर्माण होला र कहिले हामिहरुका बर्षयामका दुःख अन्तहोला भन्ने आसामा थिए टिमुरदहका स्थानीय ,बर्खा याम सुरु हुने बितिकै गाउको छेउमै रहेको खोलामा पानीको निकै बाहाब बढ्ने र खेतीपाती लगायत बिद्यार्थीलाई स्कुल आउन जान समेत समस्या हुनेगरेको थियो अब गण्डीगाडमा पुल बने पछि यो समस्या बाट यस क्षेत्रकाा स्थानियले मुक्ति पाएका छन् ।
झोलुङ्गे पुल निर्माण भएपछि पुर्बीचौकी गाउँपालिका ७ टिमुरदहका स्थानीय हर्षित छन् । पुल नहुँदा स्थानीयहरु दैनिक आवत–जावत गर्न पनि ज्यान जोखिममा राखेर वारपार गर्न बाध्य भएकाका र पुल निर्माण भएपछि यो समस्या हटेको पुल निर्माण उपोभक्ता समेतिका अध्यक्ष नन्द सिह महराले बताए ।
गएको बर्ष संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय र पुर्बीचौकी गाँउपालिकाको आर्थिक सहयोग तथा केदार ग्रामीण समाज नेपालको प्राबिधिक सहयोगमा पुल निर्माण गरेको हो ।अनुमानित लागत ४६ लाख ८२ हजार पाँच सय २६ रुपैयाँ ४४ पैसा रहेको थियो भने पुलको लम्बाई ९३ मिटर रहेको छ । पुल बनेपछि यहाँका एक सय ६ घर धुरी लाभान्वित भएको ेकेदार ग्रामीण समाज नेपालका प्राबिधिक डम्बर बलमे बताएका छन् ।
अहिले यहाँका स्थानीयलाई ओहोर–दोहोर गर्न सहज भएको छ । पुल बनेपछि ज्यानको जोखिमबाट मुक्ति पाएको र ‘पुल नहुदा खोलामा पहिला कयौं विद्यार्थी र एक जना इन्जिनियर समेत बगेका थिए ।नदीमा ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य थियौँ, कतिको त बगेर ज्यान गइसक्यो अब कोही बग्ने छैनन् स्थानिय लोक ब.ढाट बताए ।
पुल निर्माण भएपछी हामिहरुलाइ घाँस दाउरा जङ्गल बाट ल्याउन सहज भएको छ भने आज भदा १६ बर्ष अगाडी खोलाले बच्चा समेत बगाएको र अब देखि यी दिनहरुको अन्त भएकोले आफुहरु निकै खुशी भएको स्थानीयले बताएका छन् ।
गणस्तरको हिसाबले पुल पनि एकदमै राम्रो बनेको छ सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय र पुर्बीचौकी गाउँपालिकाको आर्थिक सहयोग तथा केदार ग्रामीण समाज नेपालको प्राबिधिक सहयोगमा पुल निर्माण भएको हो। लकडाउनमा पनि पुल निर्माण कार्य सम्पन्न गरेकोमा स्थानिय बासीले ठेकेदार कम्पनिलाइ धन्यवाद दिएका छन् ।
पुलको समस्या बाट मुक्ति पाएपनि यस क्षेत्रका स्थानीय अझै पनि शिक्षा, स्वास्थ,खानेपानी सञ्चारका सुविधाबाट भने मुक्ति पाउन सकेका छैन ।