एकेन्द्र चन्द
डोट११ भदौ।जिल्लाको पुर्बिचौकी गाउपालिका वडा न ७ टिमुरदहमा स्थानियले रोपेका धानबालीमा जंगली जनावर बँदेल र बादरले धानबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन ।
किसानहरुले महिनौं गोडमेल गरि लगाएको अन्न यसरी जंगलबाट आउने बदेल, बादर, लगायत अन्य जंगली जनावरले नष्ट गर्न थालेपछि आफु लगायत गाउँ बासी चिन्तामा रहेको र यो बर्ष झनै कोरोना महामारिले सताइ रहेको बेला पाक्नलाइ ठिक्क परेका धानबाली बदेलले नष्ट गर्न थाले पछि आफुहरु निकै चिन्तामा रहेका जनाउदै आफुहरुलाइ राहातको ब्यवस्था गरिनु पर्ने स्थानिय लोक ब ढाटले बताए
दिउँसो बाँदर आएर धानबाली नष्ट गर्ने तथा राति बँदेल लगायत अन्य जनावरको बथानले पाक्नलाइ ठिक्क भएका धानबाली नष्ट गर्न थाले पछि आफुहरुले राती पनि खेतमै बसेर बदेल लखेट्ने गरेको स्थानीयले बताएका छन् ।