फेक न्युज र भाइरल बन्ने होडबाजी


झलक दवाडी
धनगढी, ११ भदौ।
कुरो ०९ भदौ, २०७७ को हो । म दिउसो करवि २ बजे तिर चटकपुरदेख रिपोर्टिंग गरि अफिस आउदै थिए । निषेधआज्ञाका कारण बाटो निकै शान्त थियो तर भाग्यवस भनौं चौराहा नजिकै त्यस्तै ४० बर्ष हाराहारीको एक पत्रकार सामाजीक सञ्जाल फेसबुकमा न्युज पोस्ट गर्दै थिए ।
जिज्ञासु स्वाभाव भएकाले होला, छेउछाउकाले के गरिरहेको छ, के भनिरहेको छ जस्ता कुरामा खुबै उत्सुक लाग्छ । त्यहाँ पनि यो मौका खेर जान दिईन र पत्रकारको मोवाईलमा एकटक नजर लगाइरहें । त्यहाँ धेरैपटकसम्म ठुलाठुला टाउकामा नेपाल बिद्धुत प्राधकिरण को अध्यक्ष कुलमान घिसिंगको फोटो आईरहर्यो तर ती पत्रकारले त्यसलाई इग्नोर गर्दै अगाडी बढरिहे । अलिक तल पुगिसकेपछि भने उनी त्यस्तै ठुलो टाउकोमा टक्क अडिए , एकछनि गम खाए र ठुलै स्वरमा चिच्याए , एस!!!!!कुलमान घिसिंगको म्याद ४ बर्ष थपियो रेन्त ! हामी दुवै मुखा मुख गर्यौ । केहि क्षणमै हामी दुवैको अपत्यारिलो स्वर गुञ्जयिो, हैन फेक न्युज होला ।
म अफसि आए निकैबेरको हल्लाखल्लापछि पत्रकार तेजले भन्यो, “दिपकराज गिरिले पनि पोस्ट गरेका रहेछन्”। समाचार आउन लाग्यो, एक नामचलेकै अनलाइनले पनि समाचार हाल्यो “ कुलमान घिसिंगलाइ पुन: ४ बर्ष नियुक्त “ हामी दुबैले स्टाटस हाली हाल्यौ ,”कुलमान आए ,अझ ४ बर्ष ढुक्क “। कन्फ्युज हुदै तेजले थप्यो , ”आधकिारकि साइट हेरौ न” । समाचार कसैले हालेको छैन दुइ चार अनलाइन बाहेक। कन्फर्म गर्न, कुनै एक अनलाईन खोलियो , अन्य अनलाईन पनि हेरियो पत्ता लागेन । हामी पत्रकारहरु बसेर यसै बिषयमा चर्चा गरिरहेका थियौँ पत्रकार बिबेक नागरी दाईले फेरी अर्को साइट खोल्न सुझाए त्यहा पनि उक्त समाचारले स्थान पाएको देखिएन । अन्तिममा बिभिन्न सम्बन्धित निकाएमा फोन पनि गरियो र पत्ता लाग्यो कि उक्त चर्चा फेक अर्थात सबै झुट नै रहेछ ।
दउिसो करबि दुइ ढाई बजे घटेको घटना बेलुका ९ बजेसम्मपनि फेक हो या साँचो भन्ने दोधारमा रहेका हामि स्वयम् पत्रकार देख्दा मनमनै गम्न बाध्य भएँ, घटना त अनलाइन पोर्टलहरुमा उहिल्यै भाइरल भईसक्यो तर पत्याउन र कन्फर्म गर्न हामीलाई त् यस्तो छ झन् हाम्रा अडयिन्सलाई कति सकस हुदो हो?
यो त भयो हिजो आज कै जल्दो बल्दो घटना । यस्तै घटना अब अनलाइन पोर्टलबाट युट्युव च्यानलतरि सरेको छ ।
पहिलेको तुलनामा सुचना र सञ्चारले निकै फड्को मारसिक्यो । सबैको हातहातमा सुचना प्राप्त गर्ने स्रोतहरु छन् तर घटना कन्फर्म गर्न गाह्रो छ । गाह्रो नहोस् पनि कसरी, जमानै भाइरल बन्ने होडबाजीमा चलिरहेको छ , डलरको आसमा पत्रकारिताको नाममा हतारो पत्रकारिताले समाज नै अन्यौलताकमा धकिलिएको छ ।
बभिन्नि फेक साइटका कारण स्थापति मडियिालाई भने फाईदै पुगेको छ । कुनै घटना घटेको वा नघटेको अर्थात घटना रियल हो वा फेक थाहा पाउन अडियन्सका औला स्थापति अनलाइनका अक्षर थच्नितरि लाग्नु पर्नेमा सुदुरपत्र अनलाइनका सम्पादक समेत रहेका पत्रकार श्रवण देउबाको अनुभव छ ।
यसले भर्खरै खुलेका तर स्थापति नभईसकेका मडियिालाई अप्ठ्यारो पर्नसक्ने बताउँदै देउबा थप्छन्, हरेस नखाई नरिन्तरता दएि पक्कैपनि राम्रो नियतले खुलेका अनलाईन पोर्टल र युट्युव च्यानलको भवष्यि राम्रो छ तर व्यवसायीक तरिकाले आचारसंहिता पालना गरेर लागीपर्नुपर्यो ।
फेक न्यूज अर्थात झुटो समाचार । पछिल्ला वर्षहरुमा यसको जगजगी दिन दोगुना र रात चौगुनाका दरले बढिरहेको छ । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा होस् वा भारतीय निर्वाचनमा नै होस्, चर्चा फेक न्यूज अर्थात झुटो समाचारकै छ । अझै अर्को सनसनी र रमाइलो कुरा त के छ भने फेक न्युज शब्द सन् २०१७ का लागि बिस्वको सबैभन्दा चर्चित शब्द समेत बनेको थियो । कालिंस शब्दकोशले यस शब्दलाई सन् २०१७ को चर्चित शब्दका रुपमा सम्मान गरेको थियो ।
त्यस्तै अहिले फेक न्युज शब्दको प्रतस्पिर्धामा उत्रएिको अर्को शब्द हो भाइरल । आजकाल पत्रकारतिा भनेकै फेक न्युज र भाइरल शब्दले धानेको भान पनि आम पाठकलाई हुन थालि सकेको छ ।,आज भोलकिा आँशिक युट्युब संचालक तथा न्युज पोर्टलको नाममा दर्ता नै नगरी संचालन गरिएका ब्लग तथा पोर्टलहरुको आफ्नो धर्म भनेकै छोटो समयमा भाइरल हुनु हो, फलस्वोरूप फेक न्युज अपलोड गर ट्रेन्डिंग मा पर्न सम्झेका छन् जसका कारण आम पाठकमा कस्तो प्रभाब पर्छ भन्ने हेक्का समेत राख्दैनन् । पत्रकारिता गर्नेहरुबाट गल्ती नै हुदैन् भन्ने होईन् तर गल्ति प्रस्ट भइसक्दा पनि माफ माग्न निकै कन्जुस्याई गरीएका उदाहरण हाम्रै अगाडी छन् यद्यपी गल्ती स्वीकार गर्न सक्नु पनि पत्रकारको धर्म हुन आउँछ। थोरै काम गरेर सबैभन्दा चाडो सबैसंग परचिति हुने , चर्चित हुने पेशा छ भने त्यो पत्रकारतिा नै हो । कुनै समाचार पढेर तथ्यको आधारमा पत्रकारलाई बिस्वाश गर्ने हो नकी कुनै जन्मकुण्डलीको आधारमा । त्यसैले पत्रकारतिालाइ केवल खेलौना र कल्पना को रुपमा होइन, सत्य, तथ्य, निष्पक्ष ,बस्तुनष्ठि घटना, दुर्घटना, परिवेश र परस्थितिकिो प्रस्तुतकिो रुपमा लिईनु पर्छ ।
फेक न्युजको फसाद
झरना ( नाम परिवर्तन ) अहिले २१ बर्ष पुगिन् । उनकी आमा र झरना सँगै बसेर सामाजिक संञ्जाल चलाउँथें । उनले भनिन्, आमालाई फेशबुकमा लाईक, कमेन्ट र सेयर गर्न आउँथ्यो । उहाँ बिहानबिहानै आज यो वार यो भगवानको फोटोमा लाईक र सेयर गरे दिन सफल हुन्छ भन्दै नाम चलेकै अनलाइनले हालेका फोटोहरु सेयर गर्नुहुन्थ्यो । एकपटक साउदी गएका नेपालीलाई मालिकले यसरी यातना दिदैं, पहिले सेयर गर्नुस्, अनि हेर्नुस् भिडियो भनेको एक लिंक, पहिले सेयर गर्नुभएछ र पछि लिंक क्लिक गर्नुभएछ तर त्यो त भाइरस पो रहेछ ।
त्यस भाइरसले अस्लिल भिडियो सबैकहाँ पठाएछ, पछि एक अंकलले फोन गरेर, ओई के भो तेरो आमालाई केके भिडियो पो आईरहेछ त भनेपछि हेरेको त भाइरसले हैरानै बनाएको रहेछ । रुनु कि हाँस्नु बनाएको थियो त्यो भिडियोले । झरना ले अझै थपिन्, धेरै नबुझ्ने मानिसले त आमालाई नराम्रो मान्छे, अश्लिल भिडियो हेर्दिरैछ भनेर कुरा काटे र आमाले फेशबुक चलाउनै छाडिदिनुभयो ।
झरना मात्रै होईन यस्ता समस्या अहिले धेरैका आमाबुबाको कमन समस्या भईसकेको छ । विभिन्न अनलाईन लिंकवाट फेसवुकमा पोष्ट गरिएका फेक न्युजले आम पाठकवीच भ्रम सिर्जना गर्ने काम भैरहेको छ ।
अर्को समाचार मास्क लगाएपछि अक्सिजन लेभल खट्छ भन्ने न्युज नै हेर्ने हो भने पनि यहि देखाउँछ । मानिसहरु साँचो कुरा एकातिर थाँती राखेर फेक न्युज र भाइरल समाचारको पछि दौडिरहेका भेटिन्छन् ।
फेसवुक, ट्वीटर, ह्वाट्स एप, भाइवर जस्ता सामाजिक सञ्जाल मार्फत फेक न्यूजहरू भाइरल भइरहेका छन् । यस्तो विकराल अवस्थालाई मध्यनजर गर्दै सवैभन्दा लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसवुकले समेत गलत सन्देशहरू निरुत्साहित गर्न नयाँ कदम चालेको छ ।
साइबर प्रविधिले सञ्चारलाई अगाडि बढाउँदै गर्दा परम्परागत नियन्त्रणका ढाँचा पर्याप्त नभएको तर्क अघि सार्छन् अर्का पत्रकार कृत बहादुर बिस्ट । नागरिक दैनिकका पत्रकार पुष्प जोशी अझ थप्छन , अनलाइन पत्रिका मात्रै होइन अव त अनलाइन रेडियो पनि खुल्न थालिसक्यो, यो हामी सबैका लागि खुशिको कुरा हो र हामी पनि आफ्नो रेडियोलाई मोवाईमा रुपान्तरण गर्न जरुरी छ । उनले थपे, अनलाइन पत्रिकामा जस्तै अनलाइन रेडियोमा पनि फेक समाचारहरु बज्छन् । यस्ता झुटा समाचार भन्नेहरुलाई सबै मिलेरै कारवाही गर्नुपर्छ ।
फेक न्युज कसरी थाहा पाउने ?
तपाईहरु फेसबुकमै धेरैजसो समाचारहरु हेर्नुहुन्छ होला, त्यसमा कुन फेक हो र कुन रियल हो भनेर छुट्याउन निकै सजिलो छ । यसबारे आफूलाई अल्ली अनुभब भएको दाबि गर्दै मिन बम भन्छन्, पहिलो चरणमा हामीले त्यो समाचारको लिंक हेर्नुपर्दछ । जसमा टप लेभल डोमेनबाट उपलब्ध गराइएका सब–डोमेन हामीले कन्फर्म नगरी त्यो समाचार रियल हो भन्न मिल्दैन ।
यसको विश्वास किन गर्नुहुँदैन भने, यी वेवसाईटहरु निशुल्क उपलब्ध छन् । त्यस्तै यी वेवसाईटलाई खराव नियतका मानिसहरुले पनि चलाउन सक्छन् । कतिपय ब्लगहरु भने बिशेषज्ञको पनि हुनसक्छ ।
त्यस्ता ब्लगहरु आफ्ना बिचार राख्नका लागि निर्माण गरिएका हुन्छन् । यस्ता लिंकहरु फेसबुकको खाता खोल्नभन्दा पनि सहज प्रक्रियाबाट खोल्न सकिन्छ, या भनौ त्यो भन्दा सजिलो तरिकाले खुलाउन सकिन्छ । जसमा धेरै भियोर्स भएमा गुगल एडसेन्सले बिज्ञापन दिन्छ र बिज्ञापनबाट उनिहरुले पैसा कमाउँछन् । पैसा कमाउनका लागि उनीहरुले तपाइको इमोसनसँग खेल्ने कुराहरु लेखेर राख्छन् र त्यस्ता फेक समाचारलाई भाइरल बनाउँछन् । कतिपय त्यस्ता सामाग्री पैसा तिरेर समेत भाइरल बनाईएको हुन्छ । त्यसैले यस्ता लिंकहरुहरु फेक समाचार पनि हुनसक्छन् ।
xxx.com अरुभन्दा अलि विस्वासिलो देखिन्छ, किनकि यो डोमेन दर्ता प्रक्रियामा व्यक्तिगत बिबरण पनि उपलब्ध गराउनु पर्ने हुन्छ जुन विवरण https://www.whois.net वेबसाइटबाट सबैसामु उपलब्ध हुन्छ जहाँ वेबसाइट धनिको नाम, फोन नम्बर, इमेल जस्ता विवरण उपलब्ध हुन्छ, जुन कुराबाट पनि हामीले सहि ठाउँबाट समाचार आएको हो या हैन थाहा पाउन सक्छौ, तर ति विवरण पनि दर्ता शुल्क भन्दा अलि बढी पैसा तिरेर हटाउन सकिन्छ ।
सबैभन्दा राम्रो उपाय भनेको जस्तोपायो त्यस्तै वेवसाइटका फेसबुक पेजलाई लाईक नगर्ने र विश्वासिला मिडियामा आएको समाचारलाई मात्रै विश्वास गर्ने र तिनै समाचारहरु मात्रै सेयर गर्ने नै हो ।