झण्डै ४० वर्ष अघी हाम्रो गाउँमा रशियन जिपमा सपरिवार आादरणिय बिनोद शम्सेर राणा र प्रतिभा राणा वर्दिया स्थित ढोढरी बेलुवा आउनु हुन्थ्यो सायद हिउँदमा होला । हामी वच्चाहरूलाई कापि, कलम, पेन्सिल र ईरेजर पनि ल्याईदिनु हुन्थ्यो । स्कुललाई जग्गा अनि अनुमति पत्र, शिक्षकको व्यवस्था र मेरो बुवा सहित अरू बुवाहरूसँग सरसल्लाह गरिकन समाजसेवा गर्नुहुन्थ्यो । गाउँमा सफा ईनार र पिउने पानी भारतवाट फलफूलका बिरुवा ल्याई निःशुल्क वितरण, मलेरिया र औलोको दवाई वाड्नु हुन्थ्यो विनोद बुवाले । असल र ज्ञानी स्वभावका बिनोद बुवा गाउँमा आउँदा एक किसिमले विकाश, प्रगति र गुल्जार हुन्थ्यो हाम्रो गाउँ । जेठी छोरी आरजु दिज्यु र भूषण दादा अनि सानी बहिनी त उफ्रने अनि स्कुलतिर पनि आएर समय विताउने । पढे लेखेका सोझा र सज्जन अनि वाँके र वर्दियामा यो परिवारको छवि लोभलाग्दो आज पर्यन्त यथावत छ । सयौ विगाह जमिन र आम्दानी भएको यो परिवार हाम्रो तिर उदारणिय मानिन्छ । बाँके र वर्दियाका नेपाली कांग्रेसका नेता सुशील दा, अंकलहरू ज्ञानुबावु, वासु, किशोर, वेदराज, मुन्ना सहित विनोद बुवाको सवैसँग आत्मिय सम्बन्ध थियो । नेपाली कांग्रेसका नेता शेर वहादुर देउवाज्युलाई छोरी दिएपछि यो परिवारले राजनीतिक रूपमा पनि चर्चा पाउँने नै भयो ।
२०४६ पछि सरकार र सरकारी नियुक्ति पाउनु हुने हाम्रा केही साथिहरू अहिले यो परिवार प्रति जसरी आक्षेप लगाउन उद्दत्त देख्दा हामी अचम्मित छौं । समाजसेवा र महिलाको सशक्तीकरणमा समर्पित प्रतिभा मुवा र डाक्टर आारजु राणाको लगानि धेरै नै छ है । हुन त अरूलाई होच्चाएर आँफुलाई अग्लो देखाउने तिर समाज उन्मुख छ । सम्पति चेकजाँच र अनुसन्धान सबै गरौं उहाँहरूको अनि तपाईहरूको पनि । नेपाली कांग्रेसको रूपान्तरण गरौं न नगर्ने कसले भनेको छ र ? कसैको चरित्र हत्या गरेर होइन है । अदभुत क्षमता र स्तरिय काम गर्न सक्ने आरजु देउवासँग नडराउनुस स्वस्थ प्रतिस्पर्धा गर्रौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर कमजोर पार्ने षड्यन्त्र हुँदैछ त्यो व्यर्थ हो । आरजु देउवा जवरजस्ति दोषि वनिदिनुपर्ने ? अनि अनेकका संघ संगठन उतारी सडकवाट दोषी ठहर हुने हो की कानुन छ देशमा ? फेक अडियो तिर नलाग्नुस हाम्रो गाउँमा रहेको डाक्टर आारजुको ८ विगाह जग्गाको मूल्य कति होला ? त्यो हिसाव गर्नुस ।

म पनि सभापति देउवाज्युसँग २८ वर्ष देखि नजिकै रहेर काम गरेको पत्रकार हुँ । न मेरो विचारमा यस्तो काममा यो परिवारको कतै संलग्नता कल्पना गर्न पनि सकिदैन । जहाँसम्म अनुसन्धानवाट प्रमाणित भयो भने सजायको भागिदार त हुनै पर्छ । म पनि निष्पक्ष छानबिनको पक्षमा छु । नेपाली कांग्रेसमा हाम्रो परिवारको योगदानको वारेमा पनि वुझ्नुहोला है मित्रहरू । कहाँ के विषयमा को सँग वहस गर्नु पर्ने हो म लगायत सैयौं पत्रकार साथीहरू तयार छौं । अँ साच्चै अब आरजु देउवा राणा अगाडी वढनु हुन्छ पछाडि होइन । जय नेपाल