गे मेमा कृषि समूहले च्याउ खेती सुरु

कृत ब. विष्ट कार्तिक २४ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१४ मा रहेको गे मेमा कृषि समूहले च्याउ खेती सुरु गरेको छ । ५ कठ्ठा भाडामा जमिन लिएर समुहले च्याउ खेती सुरु गरेका हो । एक सिजनमा गोर्वे च्याउ १५ सय क्विन्टल र कन्या च्याउ ३ हजार क्विन्टल उत्पादन हुने समुहकी अध्यक्ष कौशीला घर्तीमगरले जानकारी दिएकी छिन् । सो च्याउ खेती गर्न ४ लाख २६ हजार ५ सय लागत रकम लाग्ने र जस मध्ये साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाले २ लाख ७७ हजार २ सय २५ अनुदान दिने र बाँकी रकम समुहले ब्यहोर्ने कार्यक्रमका केदार फर्म राजु पुन मगरले जानकारी दिएका छन् । ओम च्याउ केदार फर्म धनगढी १२ जुगेडाको आयोजना तथा साना तथा मझौला कृर्षक आय स्तर वृद्धि आयोजनाको अनुदान सहयोगमा च्याउ खेती सम्बन्धित समूहलाई २ दिने तालिम दिएको छ । यस्तै परीयोेजनाकै सहयोगमा शुक्रवार समुहलाई पराल काट्ने मेसीन पनि हस्तान्तरण गरीएको छ । सो मेसीन धनगढी उपमहानगरपालिका–१४का वडा अध्यक्ष रामबजारी थारुद्धारा समुहकी अध्यक्ष कौशिला घर्ती मगरलाई हस्तान्तरण गरेका छन् ।