छाडा चौपायलाई जिम्मा लगाईदै

कार्तिक २४ धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका पूmलवारी क्षेत्रमा रहेका छाडा चौपायाँ छोड्नेका पहिचान गरी सम्बन्धित पशु धनीहरुलाई बुझाँउने अभियानको थालनी गरीएको छ । छाडा पशुचौपायाँको नियन्त्रण गर्न पूmलवारीमा स्थापना भएको पूmलवारी गौशाला संरक्षण समिति र धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ को संयुक्त पहलमा सो कार्यको थालनी गरीएको हो । पmूलवारी क्षेत्रमा अनुमानित ५ सयको हाराहारीमा छाडा पशुचौपायाँहरु रहेको पूmलवारी गौशाला संरक्षण समितिका सचिव मेघप्रसाद शर्माले जानकारी दिएका छन् । उनका अनुसार पूmलवारीमा स्थापना गरीएको गौशालामा रहेका झण्डै २ सयका हाराहारीमा रहेका छाडा पशु चौपायाँहरु हेरालुले हेर्न छोडेपछि र उचित ब्यबस्थापन हुन नसक्दा पूmलवारीमा छाडा चौपायाँको बिगबिगि झनै बढको हो । जसका कारण पशुचौपायाँहरुले किसानहरुको अन्नबाली नष्ट गर्न थालेपछि पशुचौपायाँ छोड्नेको पहिचान गरी पशुधनीलाई नै बुझउन थालिएको शार्माको भनाई छ । यस्तै शुक्रबार पूmलवारी गौशाला संरक्षण सासमति र धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ को वडा कार्यलय, स्थानिय प्रहरी प्रशासन,राजनितिक दल र समाजसेवीहरुको पहलमा पशुचौपायाँ छोड्नेको पहिचान गरी सम्बन्धित ब्याक्तिलाई बुझउन थालिएको वडा नम्बर १८का वडा अध्यक्ष मुरारी अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार छाडा पशुचौपायाँ छोड्ने पूmलवारीका ४२ घर परिवारको पहिन भएको र शुक्रवार १२ जनालाई पशुचौपायाँ बुझाईको छ । थप छाडारुपमा पशुचौपायाँ छोड्नेको पहिचान गरी यो अभियानलाई निरन्तरता दिईने अधिकारीको भनाई छ ।