चुनाव पछि बामगठबन्धनको आयु समाप्त हुन्छ : नेता बडू

काठमाडौं । अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पछि कम्युनिष्टहरु मिलेर बनेको बामगठबन्धनको समाप्त हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्य मन्त्रि दिलेन्द्र प्रसाद बडूले बताएका छन् । नेपाली काग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवम पुर्व मन्त्रि बडूले यस्तो बताएका हुन् । एमाले र माओवादी मिलेर बनेको बामगठबन्धनको कुनै नाम नभएको भन्दै उनले चुनाव पछि गठबन्धन विलाएर जाने ठोकुवा गरे । एमाले माओवादीहरु नयाँ पार्टी खोलेर जंगल तिर जान खोजिरहेको उनको भनाई थियो । अर्को प्रसंगमा बोल्दै नेता बडूले बामपन्थिहरुको षडयन्त्र देखेर नेपाली जनता ससंकित भएको बताए । देशलाई अस्थिरता तर्फ लग्ने षड्यन्त्र बामगठबन्धनको विचार धाराप्रति नेपाली कांग्रेस पार्टीलाई चिन्ता भएको समेत बताए । संविधानको पुर्ण रुपमा कार्यान्वयन र रक्षाका लागी नेपाली कांग्रेसलाई मतदान गर्नुपर्ने नेपाली नेता बडूले बताए । सोही आमसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार विक्रम सिंह धामीले दार्चुलाको समग्र विकासका लागी आफुले उम्मेदवारी दिएको बताए । प्रतिनिधिसभा सदस्यमा आफ्नो जित सुनिश्चित रहेको भन्दै उम्मेदवार धामीले दार्चुलाका दुई नदि महाकाली र चौलानीलाई राष्ट्रिय तिर्थ स्थल बनाइने बताए । जिल्लामा पर्यटकिय सम्भावना बोकेका थुप्रै ठाउहरु रहेको भन्दै सदस्य पदका उम्मेदवार धामीले तिनको विकास गरी आर्थिक विकासको ढोका खोल्ने बताए । यस्तै प्रदेशसभा दार्चुला जिल्ला क्षेत्र नम्बर (क) का सदस्य पदका पत्यक्ष तर्फका उम्मेदवार मदन गिरीले बामगठबन्धन प्रति जनताको विस्वास गुमेकाले आफु लगायत नेपाली कांग्रेसका सम्पुर्ण उम्मेदवारले जित्ने बताए । अर्को प्रसंगमा बोल्दै सदस्य पदका उम्मेदवार गिरीले २०७० सालमा चुनाव जितेर गएकाहरुले आफुले बोलेका कुराहरु एक पनि पुरा नगरेको आरोप लगाए । हरेक गाविसमा मोटर बाटो पुर्याउने एम्बुलेन्स दिन्छौ भनेर जनताको आखामा छारो हाल्ने काम गरेको भन्दै उनले जनताले कांग्रेसलाई जिताउने दावी गरे । मालिकार्जुन गाउपालिकाको शंकरपुरमा माओवादी केन्द्रका गाउ कमिटि अध्यक्ष किसन सिंह सामन्त, एमाले गाउ कमिटि सचिव मोहन सिंह धामी लगायत विभिन्न पार्टी परित्याग गरि २५ जनाले नेपाली कांग्रेस प्रवेश नेपाली काग्रेस दार्चुलाले जनाएको छ ।