कांग्रेस प्रवेश गर्ने तयारीमा रहेका ओवादी पूर्व सभासद्को अपहरण

कञ्चनपुर । औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका कञ्चनपुरमा ओवादीकेन्द्रका सभासद् दुर्गा खुनालको अपहरण भएको छ । उनलाई बिहिबार वाइसिएलले अपहरण गरेको बताइएको छ । बिहिबार क्षेत्रनम्बर २ मा आयोजित कार्यक्रममा चर्चित नेता तथा कञ्चनपुर क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउँदले टिका लगाएर खुनाललाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको थियो । नेपाली कांग्रेसमा प्रवेश गर्न जादै गर्दा वाणी बंक भन्ने ठाउँबाट उनी अपहरणमा परेका हुन् । खुनाल कांग्रेस प्रवेश गर्न लागेको सूचना पाएपछि वाइसिएलका कार्यकर्ताको एक हुलले उनलाई अपहरण गरेर लगेका छन् । पूर्व सभासद् खुनाल ओवादी केन्द्र २०६४ सालमा संविधानसभा सदस्य थिए ।