सिंगो गाउँ कांग्रेसमा प्रवेश, कांग्रसको किल्ला बन्दै कञ्चनपुर

महेन्द्रनगर कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को कुतियाकबका पुरै जनता नेपाली कांग्रेसमा प्रवेस गरेका छन् । कांग्रेसका प्रभावशाली नेता एवं यस क्षेत्रबाट प्रतिनिधि सभाका सांसद रमेश लेखकले कष्टकर जीवन विताइरहेका नागरिकका लागि पुल बनाइदिएको र उहाँ विकास प्रेमी नेता भएको भन्दै पुरै गाउँले नै नेपाली कांग्रेसमा प्रवेस गरेका हुन् । उक्त गाउँमा ३९ घरधुरी छन् । विकास प्रेमी नेताका रूपमा रहेका लेखकलाई पुनः भोट हालेर जिताउने निर्णय गरेका गाउँले लेखकको विजय पश्चान गाउँमा फेरी पनि विकास निर्माणका काम हुने विश्वास लिएको बताए । उनीहरूलाई लेखकले विहीबार सदस्यता प्रदान गरे । २०७० को निर्वाचनमा लेखकसमक्ष कुतियाकबरबासीको एउटै माग थियो– बाल बच्चालाई स्कुल पठाउन साहै गाह्रो भयो । पुन बनाइदेउ । लेखकले पनि बनाउने प्रतिबद्धता जनाएका थिए । पुलको अभावमा वर्षायाममा ६ महिना नदी तर्न नसक्दा त्यहाँका विद्यार्थी ६ महिना मात्र स्कुल पढ्न पाउथे । तिनै कुतियाकबरबासीले रमेश लेखकले प्रतिबद्धता पूरा गरेको भन्दै स्वागत मात्रै गरेनन मत दिने सामूहिक निर्णय समेत गरेका छन् ।