नेपाली कांग्रेसको प्रचार–प्रसार तिब्र

कार्तिक २३, धनगढी । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५मा प्रचारप्रसारलाई तिर्व परेको छ । बिहिबार धानगढीको एलएन चौकमा क्षेत्र नम्बर ५को सम्पर्क कार्यलय र धनगढी वडा नम्बर ूमा वडा कार्यलयको क्षेत्र नम्बर ५ की प्रतिनिधिसभा उम्वेद्वार डा. आरजु राणा देउवाले उद्घाटन गरेकी छिन् । यस्तै नेपाली कांग्रेस वडा नम्बर ६ ले उम्वेदार र जिल्ला नेताहरुको उपस्थितीका चुनावी सभा सम्पन्न गरेको जनाएकोे छ । यस्तै काँग्रेस कैलालीले निर्वाचन क्षेत्र नम्बर ५ (क)मा १८ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको । जसको संयोजकमा गणेश देउवा रहेको छन् भने सह–संयोजकमा मानबहादुर बिष्ट रहेका छन् । यसैगरी उप –संयोजकमा बधुराम चौधरी, आशाराम राना, छेदालाल चौधरी, उपेन्द्र जोशी, खगेन्द्र राना, सचिवमा खगेन्द्र राना रहेका छन् । यसैगरि सदस्यमा नेबिसंघका संयोजक प्रेमराज जोशी, तरुण दलका संयोजक महेश गोले, महिला संघबाट अनिता रावल, दलित संघबाट राम विक, शिक्षक संघबाट लोकराज जोशी र मिडियाबाट श्रवण देउवा, कृत बहादुर विष्ट रहेका छन् । यसैगरि सदस्यमै डवल थापा, देबेन्द्र हमाल, प्रमिला लम्साल र परशु चौधरी रहेका छन् ।