थारु म्यूजिक भिडियो ‘भाटु डान्स कर्लो’

पाण्डव पुजारा असोज २९, धनगढी गायिका समिक्षा चौधरी, गायक विरु चौधरी, रोशन बजगैयाको ‘भाटु डान्स कर्लो’को म्युजिक भिडियो बजारमा आएको छ । सिरोज चौधरीको शब्द रहेको गीतमा मुन थारु, सुशीला कार्की र खुसिराम चौधरीले मोडलिङ गरेका छन् । सायल चौधरीले छायाकंन गरेको म्युजिक भिडियोको सिसि अमित बिक रहेका छन् । मुन्ना लब कुस्मीको नृत्य निर्देशनमा रहेको भिडियो धनगढीको होली प्यालेसमा सुटिङ गरिएको थियो । एक्युस्टीक रेकर्डङ्ग स्टुडियोमा रेकर्ड गरिएको म्युजिक भिडियोमा नरेन्द्र बिकले मेक अप निर्देशन गरेका छन् । दशैको अवसर पारेर निकालिएको म्युजिक भिडियोमा भिना र साली बिच हुने मनोरन्जनात्मक क्रियाकलापलाई समेटिएको छ ।