विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना लम्कीमा शुरु

नेत्र प्रसाद न्यौपाने /लम्की, २८ असोज कैलालीको जिल्लाको मा विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजनाको सुरुवात गरीएको छ । बाल केन्द्रीत विपद् जोखिम न्युनिकरण कन्र्सोटियम द्वारा संचालित कैलाली जिल्लामा वल्र्ड भिजन इन्टरनेश्नल नेपालसंगको साझेदारीमा सामाजिक विकासका लागि सचेत समाज कैलाली र लम्की चुहा नगरपालिकाको सहकार्यमा लम्कीमा परियोजना परिचयात्मक कार्यक्रम गरी परियोजना सुरुवात भएको हो । वल्र्ड भिजन इन्टरनेश्नल पश्चिम फिल्ड कार्यालय धनगढीका प्रबन्धक चेतराज भट्टराईको अध्यक्षयतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाई र विशिष्ट अतिथीमा लम्की चुहा नगरपालिकाकाकी उप–प्रमुख टिका थापा रहेका थिए । प्रमुख अतिथीको आसनबाट बोल्दै लम्की चुहा नगरपालिकाका प्रमुख बजगाईले विपद् जोखिम न्युनिकरण तथा विद्यालय सुरक्षा परियोजना लम्की चुहा नगरपालकामा आएकोमा खुसी व्यत्त गर्दै अब हुने सम्पुर्ण विकास निर्माणकाकार्य विपद जोखिमलाई मधयनजर गर्दै निर्माण गर्नुपर्ने बताएका छन । सो परीयोजना कैलाली जिल्लाका २ स्थानिय तहमा लगुभएको छ । कैलालीको लम्की चुहा नगरपालिका र कैलारी गाउपालिकाका सामुदायिक र निजि गरी ४२ वटा विद्यालयमा सञ्चालन गरिएको छ । कार्यक्रम अन्तगर्त लम्की चुहा नगरपालिकामा आर्थिक वर्ष २०७४।०७५का लागी २५ लाख ५९ हजार ४ सय ८७ रुपैया खर्च गर्ने जनाएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कैलालीका विद्यालय निरीक्षक लोकेन्द्र प्रसाद भट्ट सामाजिक विकासका लागी सचेत समाज कैलालीका अध्यक्ष बल बहादुर शिलाधर लगायतले शुभकामना मन्तवय राख्नुभएको थियो । सामाजिक विकासका लागी सचेत समाज कैलालीले केयर नेपाल सँगको सहकार्यमा टिकापुर नगरपालिका र भजनी नगरपालिका अन्र्तगत बाढीका कारणले अति प्रभावित २ वटा समुदायमा समेत काम गर्दै आइरहेको छ । वल्र्ड भिजनका परियोजना संयोजक नित्याननद पाण्डेले स्वागत तथा कार्यक्रमको उद्देश्यवारे जानकारी गराएका थिए भने वल्र्ड भिजनका जय प्रजापतिले परियोजनाका बारे विस्तृत रुपमा जानकारी गराई विद्यालय किन सुरक्षित हुनु पर्छ भनि छलफल समेत गरिएको थियो । सामाजिक विकासका लागी सचेत समाज कैलाली का संयोजक पे्रमलाल कुश्मीले नगरपालिका र विद्यालय स्तरमा गरिने गतिविधिहरुबारे विस्तृत रुपमा जानकारी गराएका थिए। कार्यक्रममा लम्की चुहा नगरपालिका अन्तर्गतका १नम्बर वडा देखी १० वडा सम्मका जननिर्वाचित जनप्रतिनिधि विद्यालय ब्यबस्थापन समिति अध्यक्ष, प्र.अ, स्थानिय संघ संस्था, पत्रकार, रेडक्रस,बाल ्रक्लब,युवा कल्ब गरी जम्मा ५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सामाजिक विकासका लागी सचेत समाजकी समाजिक परिचालिका लक्ष्मी विकले गरेकी थिइन् ।