कृषक भलाईको साधारण सभा सम्पन्न

धनगढी असोज ३ कृषक भलाई सहकारी संस्था लिमिटेड फुलबारीको १३ औँ बार्षिक साधारण सभा शुक्रबार भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर नृप वड प्रमुख अथिती रहेको कार्यक्रमका सभापती कृषक भलाई सहकारी संस्था लिमिटेडका अध्यक्ष टंक बास्कोटा रहेका थिए । सो साधारण सभामा धनगढी उपमहानगरपालिकाका उपमेयर शुशिला मिश्र भट्ट,वडा नम्बर १८का वडा अध्यक्ष मुरारी अधिकारी,१९का वडा अध्यक्ष तिलुराम चौधरी, सामाजिक अध्ययन केन्द्र धनगढीका प्रतिनिधि बिमल राना कुटोकोदालो आधुनिक कृर्षि सहकारी संस्था फुलवारीका अध्यक्ष ओमप्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सोही कार्यक्रमका सहकारीलाई योगदान दिने १० जनालाई सम्मन समेत गरीएको थियो । साधारण सभामा सहकारीका ब्यबस्थापक रुद्र पौडेलले आर्थिक वर्ष २०७३÷०७४ रु १ करोड १लाख ४१ हजार६ सय ५३ बरावरको आयब्याय प्रस्तुत गरेका थिए । सहकारीका सचिव कुवेर अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन डिल्लीराम मिश्रले गरेका थिए ।