गायक टंक तिमिल्सिना वैवाहीक बन्धनमा बाधिएका छन् । सुदूरपश्चिमको अछामका कलाकार तिमिल्सिेना पछिल्लो युवा पुस्ताले निकै रुचाएका कलाकार हुन् । उनका आधुनिक, लोक पप र देउडा गीत निकै लोकप्रिय छन् । उनले आफ्नो फेसबुकमा वैवाहीक बन्धनमा बाधिएको जानकारी दिएका छन् ।
जीवनमा धेरै संघर्ष गरियो।कहिले उकाली त कहिले ओराली झरियो ।कहिले भाग्य ले साथ दियो त कहिले भाग्य ले धेरै पटक ठग्यो र रूहायो।जीवन का तितामिठा पल हरु साट्दै एउटा बिकट ठाउँबाट उजागर हुँदै धेरै दुःख गरेर कलाकारिता क्षेत्रमा लागीयो। दुःख र संघर्ष जारी थियो अनि हजुरहरुको माया एती धेरै पाइयो की । लाग्छ संसार मा सबै भन्दा खुसी व्यक्ति म आफूलाई ठानेको छु।भगवान माथि धेरै भरोसा गर्ने मान्छे म सधैं सही बाटोमा हिड्ने प्रयास गर्ने आस्था राख्दछु मनमा।हरेक मान्छे लाई आधारभूत कुराहरु चाहिन्छ बाँच्न को लागि।मैले सही गरे या गलत गरे तर जे गरे साँचो माया मन बाट गरे उनीलाई।एती गहिरो प्रेम थियो हाम्रो ।उनी मा बिना अधुरो मा उनी बिना।त्यही सिलसिलामा उनको परिवारले बज्रपात गर्न खोज्यो उनको विहे अन्तै गराउने प्रयास गरियो अनि म छाँगा बाट खसे झै भए।अनि हामी दुई मिली उनको परिवार सँग प्रस्ताव राखियो हामीहरूको बिहे गराइदिनु भनेर तर अभसोस् त्यो नभयर उल्टो हामी लाई छुटाउने प्रयास भयो अनि त्यो परिवार को कदमलाई विफल पार्दै मैले आफ्नो डिसिजन लिए अब मैले मेरो माया लाई जसरी पनि प्राप्त गर्छु र एउटा मुना मदन रूपी जोडीलाई सफल बनाउँछु भनेर अघि बढे र म र उनी विवाह गर्ने निधो लियम र हामी मिति 2076/07/24गरेका दिनमा हामी अब एक अर्का को हुने र जीवन भरी साथ दिने बाचाका साथ हामी एक भयका छौ अब साथ् र माया सदभाब हजुरहरुको
_______टंक ❤️ सरु