कञ्चनपुर, २७ कात्तिक – सुदूरपश्चिम प्रदेशको समाजिक विकास मन्त्रालय अन्र्तरगत सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले स्वास्थ्य समाग्री खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।
मन्त्रालयले प्रदेशकै ८८ स्थानीय तहका लागि खरिद गर्ने विभिन्न स्वास्थ्य उपकरण एव समाग्री खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा उजुरी परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले गत साता समाग्री खरिदमा १२ करोडका समाग्री खरिदमा अनियमिता गरेको भन्दै उजुरी परेको बताए । छानबिनका लागि सम्बन्धित कार्यालयबाट कागजपत्र झिकाएको विष्टले बताए ।