कार्तिक २७, चौमाला । विकास र सामाजिक परिवर्तनका लागी संचार (एफएमडिसी) को आयोजनामा गौरीगंगा नगरपालिकामा स्थानिय तहमा मानव अधिकार प्रबद्र्धन तथा कार्यान्वयन परियोजना सम्बन्धी सरोकारवाला निकाय संघ बिहिबार छलफल भएको छ ।
एफएमडिसीका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक उमीद बागचन्दले गौरीगंगा नगरपालिकालाई एक बर्ष भित्रमा मानव अधिकारमैत्री नगरपालिका बनाउनका लागी मानव अधिकार सुदृढीकरण परियोजनाले काम गर्ने बताए ।
गौरीगंगा नगरपालिकाका प्रमुख भिम बहादुर देउवाले जनतालाई मानव अधिकार र कर्तव्यको बारेमा तरगं पैदा गर्न समुदाय स्तरमा गई बुझाउन आवश्यक भएको बताए । साथै मेयर देउवाले एक बर्ष भित्रमा मानब अधिकार मैत्रि नगरपालिका बनाउन सबै नगरपालिका बासीको महत्वपुर्ण भुमिका रहेको बताए ।
गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तराज जोशीले गौरीगंगाका नागरिकहरुलाई प्रत्याभुत गराउनका लागी साझेदार संस्था एवम् नागरिकहरु संग मिलेर अगाडी बढ्ने बताए ।
गौरीगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरि प्रशाद तिवारीले स्थानिय सरकारले जनतालाई दिने सेवा सुविधाका बारेमा जनताले थाहापाउन जरुरी भएको बताए । साथै मानव अधिकारको अनुभुती गराउन सबैले एकजुट हुन जरुरी भएको बताए ।
विकास र परिवर्तनका लागी संचार अन्र्तगत कानव अधिकार सुदृढीकरण परियोजनाका कार्यक्रमका संयोजक गोविन्दनारायण उपाध्यायले परियोजनाको प्रस्तुतीकरण प्रस्तु गरेका थिए ।
एफएमडीसीका कार्यसमिती सदस्य निर्मला बागचन्दले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा आरटिआई अभियान्ता पवन बोगटीले मन्तव्य व्यक्त गरेका छन् ।
कार्यक्रम अफिसर तमन्ना नेपालीले संचालन गरेको कार्यक्रममा गैरीगंगा नगरपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नागरिक समाजका प्रतिनिधी, राजनितिकदलका प्रतिनिधी, ईलाका प्रहरी कार्यालय चौमालाका प्रतिनिधी, उद्योगी, व्यापारी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।
युएसएआईडी र एफएचआई थ्रि सिक्टीले सहयोग गरेकोको कार्यक्रमलाई गौरीगंगा नगरपालिकाले समन्वय गरेको हो ।