भाइ मसला होस् वा चालचलन अनुसार पुजा गर्न होस्, तिहारमा ओखरलाई अपरिहार्य सामाग्रीको रुपमा लिइन्छ । थुप्रै गुणहरुबाट भरिपूर्ण रहेको ओखरका गुणका बारेमा कमैलाई मात्र यसले शरीरमा पु¥याउने फाइदाबारे थाहा हुन सक्छ । ओखरलाई घरमै उपलब्ध हुने औषधिको रुपमा पनि लिइन्छ । शरीरलाई स्वस्थ्य राख्नको निम्ति यसको गुण तथा योगदानलाई उल्लेखनीय मानिन्छ ।
आखिर के के हुन् त ओखरका विशेषताहरु ?यसले ब्यक्तिको शरीमा कस्ता किसिमका फाइदाहरु पु¥याउँछन् त? ओखर एन्टिअक्साइडको मुख्य स्रोत हो । यसले शरीरमा रहेको अनावश्यक कोलेस्टोर घटाउन मद्धत गर्दछ । ओखरलाई ओमेगा फ्याट–३ को मुख्य स्रोतको रुपमा पनि लिइन्छ । जसकारण यो मुटु रोगका बिरामीहरुको निमित्त पनि उपयोगी मानिन्छ । ओखरमा पाइने कम्पाउन्ड्स र न्यूट्रिशनका कारण यसले शरीरमा रहेका पूराना रोगहरु निर्मुल गर्नमा समेत मद्धत गर्दछ ।
ओखरले शरीरलाई आवश्यक पोषण मात्र प्रदान नगरी, यसले पेटमा रहेको ब्याक्टेरियाको नाश गरी पेट सम्बन्धि लाग्न सक्ने विभिन्न रोगबाट बचाउनको निम्ति पनि सघाउ पु¥याउँछ । ओखरलाई विभिन्न क्यान्सर लाग्नबाट बचाउने एक उपयुक्त खानाको रुपमा पनि लिइन्छ । यसले महिलामा हुने ब्रेस्ट क्यान्सर, पुरुषमा हुने प्रोस्टेट क्यान्सर र कोलेस्टोर क्यान्सर लाग्नबाट बचाउँछ । ओखरमा क्यालोरीको मात्रा पाइएता पनि यसको प्रयोगका कारण व्यक्तिमा भोक कम लाग्ने हुन्छ । जसकारण व्यक्तिमा कम खाने बानीको विकास हुन पुग्दछ ।
यसको प्रयोगका कारण व्यक्तिलाई मधुमेह रोग लाग्नबाट बचाउँछ । शरीरको तौललाई सोही किसिमले कायम राखिराख्न मद्धत गरी यसले ब्लड सुगरमा समेत सुधार ल्याउँछ । अध्ययनअनुसार प्रत्येक दिन कम्तिमा पनि २८ ग्राम बराबर ओखर मिश्रित नट्स खानाले यसले रक्तचापको खतराबाट मुक्त गराउँँछ । बढ्दो उमेरमा पनि शरीरमा ऊर्जा प्रदान गरीरहने काममा ओखरको भूमिका महत्वपूर्ण रहन्छ । ओखरमा पाइने न्यूट्रिशनकै कारण यसले मष्तिस्कमा हुनसक्ने खतरालाई रोक्दै बढ्दो उमेरमा पनि मष्तिस्कलाई सक्रिय बनाइ राख्न मद्धत गर्दछ । -एजेन्सीको सहयोगमा