चुम्बनकै कारण सलमानले छाडे ‘इन्साअल्ला’

छायांकनमा जान केही समय बाँकी रहदा बलिउड सिनेमा ‘इन्साअल्ला’को निर्माण स्थगित गरिएको थियो। बलिउडका सफल निर्देशक संजय लिला भन्सालीको यो सिनेमा छायांकनमा जान लागेको अन्तिम समयमा आएर निर्माण स्थगित गरिएको हो।
यस सिनेमाको लागि बलिउड नायक सलमान खान र नायिका आलिया भट्ट मुख्यम भूमिकामा देखिन लागेका थिए। सिनेमाको रिलिज डेट समेत आउँदो बर्षको इदलाई तोकिएको थियो। अन्तिम समयमा आएर यो सिनेमा नबन्ने भएपछि विभिन्न कारणहरु सार्वजनिक भैरहेका छन्।
कतिपय मिडियामा नायक सलमान खानले पारिश्रमिक धेरै मागेपछि संजयले चलचित्र बनाउन नसकेको चर्चा पनि भैरहेको छ। यही बेला एक भारतीय मिडियाले भने नायक सलमान खान र नायिका आलिया भट्टको लामो चुम्बन दृश्यका कारण चलचित्र बन्न नसकेको उल्लेख गरेको छ।
आइबीटाइम्समा उल्लेख भए अनुसार, चलचित्रमा सलमान र आलियाको थुप्रै चुम्बनको दृश्यहरु समावेश गरिएको थियो। तर, नायक सलमान खानले भने चलचित्रमा चुम्बनको दृश्य दिन अस्विकार गरेका सलमान आफैले पनि चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन्। छायांकनमा जान लागेको चलचित्र सलमानले छाड्नु र नबन्ने अवस्था आउनुलाई यो पनि एक कारण मानिएको छ।