धनगढी बजार क्षेत्रमा बिग्रिएका ३५ सिसी क्यामरा मर्मत - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढी बजार क्षेत्रमा बिग्रिएका ३५ सिसी क्यामरा मर्मत

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-१३
  • सुन्नुहोस् 
1.12K   
धनगढी बजार क्षेत्रमा बिग्रिएका ३५ सिसी क्यामरा मर्मत : Phulbari Khabar

धनगढी। धनगढी बजार क्षेत्रमा बिग्रिएका ३५ सिसी क्यामरा मर्मत गरिएका छन्। धनगढी उपमहानगरपालिकाले अपराधिक क्रियाकलाप नियन्त्रण र बजार क्षेत्रमा शान्ति सुरक्षाको कायम गर्ने उद्देश्यले सिसी क्यामरा जडान गरेको थियो।तर ३५ वटा सिसी क्यामरा बिग्रेर काम नगर्ने अवस्थामा रहेको हुँदा हाल उपमहानगरपालिकाले सबै सिसी टिभी क्यामरा मर्मत गरेको हो।

Phulbari Khabar

बोराडाँडीदेखि त्रिनगर भन्सारसम्मका १२ वटा, ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मका १८ वटा र जिल्ला प्रहरी कार्यालयमा रहेका पाँच वटा सिसी क्यामरा मर्मत गरिएको धनगढीका नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ।

बिग्रेका ३५ वटा सिसीटीभी क्यामरा मर्मतका लागि उपमहानगरपालिकाले दुई लाख ७१ हजार पाँच सय ४४ रुपैयाँ खर्च गरेको छ। धनगढीमा सिसी टिभी क्यामरा बिग्रिएकाले अपराधिक क्रियाकलाप तथा दुर्घटना हुँदा अनुसन्धानमा समस्या हुने गरेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीले मर्मतका लागि अनुरोध गरेकोमा उपमहानगरपालिकाले मर्मत गरेर सिसीटीभी क्यामरा सञ्चालनमा ल्याएको हो।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च