मोसो दल्नेलाई कांग्रेसले पार्टीबाट हटाउने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

मोसो दल्नेलाई कांग्रेसले पार्टीबाट हटाउने

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-१२
  • सुन्नुहोस् 
1.34K   
मोसो दल्नेलाई कांग्रेसले पार्टीबाट हटाउने : Phulbari Khabar

काठमाडौं,१० श्रावण । नेपाली कांग्रेसले पार्टी सम्वद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ ।

Phulbari Khabar

बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको छ 

‘कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अथार्त शारिरीक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अबिलम्ब खारेज गर्ने निर्णय गरिएको छ,’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।

Phulbari Khabar

पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृसंस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो। यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च