हामि संग जोडिनुहोस

राष्ट्रिय

नेपाली कांग्रेसको ५ प्रदेशको सम्मेलनको मिति तोकियो, कर्णाली र सुदूरपश्चिमको बाँकी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-८-१४
  • सुन्नुहोस् 
549  
Banner

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ ।सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दैछ ।

कांग्रेसको मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको नेपाली कांग्रेसले जनाएको छ ।कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो  नलागेको बताइएको छ  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार