समाचार
प्रदेश सरकारले कैलाली निर्वाचन क्षेत्र नम्वर ५ (क) लाई उपेक्षा गर्यो:पन्त

धनगढी । प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले प्रदेश सरकारले कैलाली क्षेत्र नम्बर ५ (क) लाई हिजो र आज प्रथमिकता नदिएको बताएका छन् । शुक्रवार धनगढी १९ का स्थानिय जनतासंगको भेटघाटको क्रममा सुदूरपश्चिम प्रदेश सरकारले बिकासका सवालमा क्षेत्र नम्वर ५ (क) लाई प्राथमिकता नदिएको बताएका हुन् । प्रदेश सरकाले ठूला योजनामा कैलाली निर्वाचन क्षेत्र नम्वर ५(क) लाई उपेक्षा गर्नु दुखद रहेको पन्तले बताए ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्त पछिल्लो समयमा कैलाली ५ का समस्या बुझ्न वडा वडामा जनतासंग भेटघाट गरिरहेका छन् ।शुक्रवार धनगढी १९का जनातासंग प्रतिनिधिसभा सदस्य पन्तले भेटघाट गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्