जङ्गली च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

जङ्गली च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-७
  • सुन्नुहोस् 
1.03K   
जङ्गली च्याउ खाँदा बैतडीमा एकै परिवारका ५ जना बिरामी : Phulbari Khabar

बैतडी । जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

Phulbari Khabar

बिरामी पर्नेमा सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उहाँकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र सात वर्षीया छोरी शारदा रहेका प्रहरीले जनाएको छ ।

स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च