कैलालीमा वन पैदावार आपुर्ति समिति पुनर्गठन, हमाल सहित तीन सदस्यको मनोनयन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलालीमा वन पैदावार आपुर्ति समिति पुनर्गठन, हमाल सहित तीन सदस्यको मनोनयन

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२५
  • सुन्नुहोस् 
174   
कैलालीमा वन पैदावार आपुर्ति समिति पुनर्गठन, हमाल सहित तीन सदस्यको मनोनयन : Phulbari Khabar

धनगढी। सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कैलाली जिल्लामा वन पैदावार आपुर्ति समिति पुनर्गठन गर्दै नयाँ सदस्यहरूको मनोनयन गरेको छ। डिभिजन वन कार्यालय, कैलालीबाट प्राप्त सिफारिसका आधारमा गरिएको मनोनयनसहितको सूचना बुधबार सार्वजनिक गरिएको हो।

Phulbari Khabar

वन ऐन–२०७६ को दफा ७७ को उपदफा ३ बमोजिम गठन हुने वन पैदावार आपुर्ति समिति जिल्लामा वनजन्य पैदावारको व्यवस्थापन, अनुगमन तथा नियमनमा महत्वपूर्ण निकाय मानिन्छ।

मन्त्रालयका उपसचिव भोला राम पाण्डे द्वारा जारी पत्रानुसार मनोनयन प्राप्त सदस्यहरूलाई तत्काल कार्यभार सम्हालेर समिति संयोजन, समन्वय तथा आवश्यक निर्णय प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।

Phulbari Khabar

मनोनयन भएका सदस्यहरूमा कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ का देवेन्द्र हमाल, जानकी गाउपालिका ९ का चक्र बोहरा र बर्दगोरियाका गंगाराम भट्ट रहेका छन् ।

डिभिजन वन कार्यालय कैलालीलाई समितिको नियमित काम, अनुगमन तथा प्रशासनिक प्रक्रियामा आवश्यक सहयोग एवं सहजीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ।

सदस्य मनोनयनसँगै जिल्लामा वन पैदावारको संकलन, वितरण, निरीक्षण, अनुगमन तथा नियमअनुसारको राजश्व व्यवस्थापन अझ व्यवस्थित र पारदर्शी हुने अपेक्षा मन्त्रालयले लिएको छ । आगामी दिनमा वनजन्य संसाधनको संरक्षण र सदुपयोगका लागि समिति सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च