देशभर थपिए ७५ नयाँ मतदान स्थल - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

देशभर थपिए ७५ नयाँ मतदान स्थल

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-१४
  • सुन्नुहोस् 
162   
देशभर थपिए ७५ नयाँ मतदान स्थल : Phulbari Khabar

काठमाडौं। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर १६८ मतदान स्थल थपिएका छन् । मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदान स्थल थपिएका हुन् ।

Phulbari Khabar

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नआएका ९३ मतदान स्थल खारेज गरिएको छ । उनले भने, “आगामी निर्वाचनमा खारेज भएका मतदान स्थल घटाउँदा कुल मतदान स्थलमा ७५ स्थलमात्रै थपिने भए ।” आगामी निर्वाचनमा नयाँ पुराना मतदान स्थल गरी १० हजार ८९२ मतदान स्थल हुने उनले बताए । कुन जिल्लामा कति मतदान स्थल थपिए भन्ने विस्तृत विवरण विस्तारै सार्वजनिक हुने उहाँले बताए ।

आयोगले मतदान स्थल थपेपछि मतदातालाई मतदान गर्न थप सहज हुने उनको भनाई छ । “मतदानस्थल पुनरवलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आँशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजन गर्नेलगायत कार्य सम्पन्न गरिएको छ”, उनले भने, “मतदानस्थल पुनरवलोकन कार्यमा स्थानीय तहका वडा, जिल्ला र केन्द्रीय समितिहरू तथा सबै राजनीतिक दल र सरोकारवालाले समन्वय र सहयोग गरेको छ ।”

Phulbari Khabar

एक सय बिस दल दर्ता

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन कुल १२० दल दर्ता भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । १० देखि १४ गतेसम्म छ वटा दल दर्ता भएको उनले बताए । आयोगले दल दर्ताको प्रक्रिया जारी राखे पनि आगामी फागुन २१ गतेको निर्वाचनको प्रयोजनका लागि अब दल दर्ता नहुने उनले बताए । पछिल्लो दर्ता भएका दलमा नागरिक बचाउ दल नेपाल, नेपाल जनसेवा पार्टी, उन्नत लोकतन्त्र पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, आवाज पार्टी, समावेशी समाजवादी पार्टी रहेको उनले बताए ।

“आयोगमा कतिपय दलले संयुक्त रूपमा एउटै चुनाव चिह्न लिएर लड्छौँ भनेका थिए । आयोगले दल दर्ताको म्याद थपेपछि कतिपय दलले एकल चुनाव चिह्न लिएर लड्छौँ भनेपछि दलको सङ्ख्या बढ्न गयो”, सूचना अधिकारी घिमिरेले भने, “आयोगमा दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि प्राप्त भएका निवेदनहरूको जाँचबुझ गरेर मङ्सिर २० गते मान्यता दिइने छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च