धनगढी । नेपाल सरकारका गृहमन्त्री ओम प्रकाश अर्याल आज धनगढी आउने भएका छन्। अर्याल सोमबार हवाई मार्ग हुँदै सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी आउने बताइएको छ।
यस्तै गृहसचिव, सुरक्षा निकायका आईजीपीहरु पनि सँगै आउने कार्यक्रम तय भएको छ। भोलि मङ्सिर १६ गते धनगढीमा हुने प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन उनीहरू आउन लागेका हुन्।
सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गर्दैछ। जसमा सुदूरपश्चिम प्रदेशका तर्फबाट सुरक्षा प्रतिवेदन पेस गर्ने बुझिएको छ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेशको समग्र शान्तिसुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षाका विषयमा प्रतिवेदन पेस गरिने छ।










तपाइको प्रतिक्रिया दिनुहोस्