धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा, प्रचण्ड–माधव उपस्थित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा, प्रचण्ड–माधव उपस्थित

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-१२
  • सुन्नुहोस् 
234   
धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको प्रदेशस्तरीय सन्देश सभा, प्रचण्ड–माधव उपस्थित : Phulbari Khabar

धनगढी । नेपाली कम्युनिस्ट पार्टीले सञ्चालनमा ल्याएको प्रदेशस्तरीय ‘सन्देश सभा’ अभियान अन्तर्गत पहिलो कार्यक्रम आज धनगढीमा हुँदैछ। सो अवसरका लागि पार्टी संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपाल बिहानै काठमाडौँबाट हवाईमार्ग हुँदै धनगढी आएका छन्।

Phulbari Khabar

आगमनपछि उनीहरूले स्थानीय नेताहरू तथा कार्यकर्तासँग भेटघाट र छलफलमा समय खर्चेका छन्।

दुवै शीर्ष नेता दिउँसो १ बजे धनगढीको खुला मञ्चमा आयोजना हुने उक्त भव्य सन्देश सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।

Phulbari Khabar

विभिन्न वामपन्थी घटकहरू मिलेर नयाँ संरचनामा गठन भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा सन्देश सभा गरी संगठन विस्तार र राजनीतिक अभियान तीव्र बनाउने उद्देश्य लिएको छ। त्यसैअन्तर्गत धनगढीबाट सुरु भएको यो अभियान क्रमशः अन्य प्रदेशमा पनि सञ्चालन हुने पार्टीले जनाएको छ।

लुम्बिनी प्रदेश: देउखुरी, मङ्सिर १३

गण्डकी प्रदेश: पोखरा, मङ्सिर १४

कोशी प्रदेश: विराटनगर, मङ्सिर १५

कर्णाली प्रदेश: सुर्खेत, मङ्सिर १८

मधेस प्रदेश: जनकपुर, मङ्सिर २०

बागमती प्रदेश: हेटौँडा, मङ्सिर २३

धनगढीमा आयोजना हुने आजको सभामा ठूलो संख्यामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहने अनुमान गरिएको छ। पार्टीका शीर्ष नेतृत्वले वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राख्दै आगामी योजनाहरू सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च