सुदूरपश्चिममा ४६ हजार मतदाता थपिए - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिममा ४६ हजार मतदाता थपिए

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-७
  • सुन्नुहोस् 
300   
सुदूरपश्चिममा ४६ हजार मतदाता थपिए : Phulbari Khabar

धनगढी । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यी मध्ये अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीमा अन्य जिल्लाको तुलनामा बढी मतदाता थपिएका छन् ।

Phulbari Khabar

कैलालीमा १८ हजार २१३, कञ्चनपुरका १२ हजार २९१, बैतडीमा २ हजार ६५२ र दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन् । यस्तै, डडेलधुरामा १ हजार ८९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७८ र बाजुरामा १ हजार ५१७ गरी जम्मा ४६ हजार २० नयाँ मतदाताथपिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताए ।

यो सँगै सुदूरपश्चिम कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ४३१ पुगेको छ । ०७९ को निर्वाचनमा प्रदेशमा मतदाताको सङ्ख्या १६ लाख ६९ हजार ४११ थियो । नयाँ दर्ता भएका मध्येयुवा उमेर समूहको सङ्ख्या धेरै रहेको कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च