सुदूरपश्चिममै पहिलोपटक मुटु बिरामीका लागि क्याथल्याब सुरु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिममै पहिलोपटक मुटु बिरामीका लागि क्याथल्याब सुरु

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-५
  • सुन्नुहोस् 
291   
सुदूरपश्चिममै पहिलोपटक मुटु बिरामीका लागि क्याथल्याब सुरु : Phulbari Khabar

अत्तरिया । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक मुटु रोगका बिरामीका लागि उपचार गर्न अत्यावश्यक क्याथल्याव सेवा सुरु गरिएको छ । कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटल प्रालिले शुक्रबारबाट उक्त सेवा सुरु गरेको हो । 

Phulbari Khabar

 एक कार्यक्रमका बीच बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डाक्टर यादव भट्ट र अस्पतालका संस्थापक रघुनाथ पाठकले संयुक्तरुपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् । सुदूरपश्चिममा अन्य विरामीका लागि अत्याधुनिक मेसिन तथा उपकरण भए पनि मुटु रोगका बिरामीका लागि भने त्यस्तो उपकरण नभएकाले आफूहरुले अत्तरिया हस्पिटलमा सुदूरपश्चिम प्रदेशमै पहिलोपटक मुटु रोगको उपचारका सेवाहरु दिन क्याथल्याव सुरु गरेको अस्पतालका अध्यक्ष समेत रहेका डाक्टर आनन्द पाठकले बताए । ‘हृदयघातबाट सुदूरपश्चिमका बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको छ,’ उनले भने,‘हृदयघातको बिरामीको यसअघि सुदूरपश्चिममा उपचार सम्भव नभएपछि नेपालगन्ज या भारत रेफर गर्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता अत्तरिया हस्पिटलले टारेको छ ।’ १५ करोड रुपैयाँको लागतमा अत्तरिया हस्पिटलमा क्याथल्याव सेवा सुरु गरिएको उनले बताए । सामान्य मुटु रोगीलाई यसअघि नेपालगन्ज तथा भारत रेफर गर्नुपरेको बताउँदै मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्कीले भने,‘अब मुटुको सल्यक्रिया नगरी भल्व खोल्ने, मुटुका प्वाल टाल्ने, पेसमेकर राख्ने तथा बिरामीलाई बेहोस नबनाएरै नशाबाट उपचार गर्न अत्तरियामै सम्भव भएको छ ।’  

अस्पतालका प्रशाकीय प्रमुख डिल्लीराज पाठकले अस्पताल स्थापनाको ३ वर्षमै सुदूरपश्चिममै नभएको सेवा सुरु गरिएको बताए । उनले यस अवधिमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिए ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च