चिसोले प्रभावित बन्दै बाजुरामा पढाइ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

चिसोले प्रभावित बन्दै बाजुरामा पढाइ

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-४
  • सुन्नुहोस् 
246   
चिसोले प्रभावित बन्दै बाजुरामा पढाइ : Phulbari Khabar

बाजुरा । बाजुरामा चिसो बढेसँगै यहाँका हिमाली क्षेत्रका विद्यालयमा पढाइ प्रभावित बन्दै गएको छ । यहाँको उच्च हिमाली क्षेत्रमा कात्तिक महिनामा नै हिमपात भएसँगै चिसो बढ्दै गएपछि यहाँका आसपासको क्षेत्रका विद्यालयमा चिसोका कारण पढाइ प्रभावित बन्दै गएको हो ।

Phulbari Khabar

हिउँद सुरु भएसँगै यहाँ चिसो धेरै हुन्छ । त्यो चिसोमा विद्यालयकै पोशाकमा आएर कक्षा कोठामा पढ्न बस्न निकै समस्या हुने गरेको बडीमालिका नगरपालिका –४ रिलाको पाथरकोट आधारभूत विद्यालयका कक्षा २ का छात्र रिजन नाथले बताए ।

उनले भने, “घाम लागेको समय बाहिर तातोमा बस्ने र बादल लागेको बेला कक्षा कोठामा बस्दा निकै चिसो हुने गरेपछि यती बेला अन्य बाक्लो लुगामा आउन पर्ने अवस्था हुन्छ ।”आफुसँग घरमा राम्रो लुगा नभएकाले हिउँदको महिना कक्षा कोठामा बसेर पढ्न निकै समस्या हुने गरेको नाथले बताए ।

Phulbari Khabar

उनले भने, “घाम लागेको समय बाहिर तातोमा बस्ने र बादल लागेको बेला कक्षा कोठामा बस्दा निकै चिसो हुने गरेपछि यती बेला अन्य बाक्लो लुगामा आउन पर्ने अवस्था हुन्छ ।”आफुसँग घरमा राम्रो लुगा नभएकाले हिउँदको महिना कक्षा कोठामा बसेर पढ्न निकै समस्या हुने गरेको नाथले बताए ।

बाजुरामा कात्तिक महिना सुरु हुने वित्तिकै यहाँका विभिन्न ठाउँमा निकै चिसो पनि सुरु हुन्छ । त्यो चिसोमा यहाँका अधिकांश विद्यालयका बालबालिकाहरुलाई कक्षा कोठामा राखेर पढाउन निकै समस्या हुने गरेको पाथरकोट आधारभूत विद्यालयका शिक्षक कमल नाथले बताए ।

उनले भने, “यहाँ अहिले घात्र ४४ र छात्रा ४९ गरी जम्मा ९३ जना बालबालिकाहरु पढ्ने गरेका छन् । यी मध्यकै अधिकांश बालबालिकाहरु प्राय गरिब दलित तथा आर्थिक अवस्था कमजोर भएका परिवारका छन् ।”

यहाँका धेरै विद्यालयमा चिसोको बेला बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने गरिन्छ । तर हाम्रो यहाँ भने कोही आउँदैन । बेला कतैदेखि न्यानो कपडा पाइएको भएमा उनीहरुलाई चिसोमा न्यानो लुगा लगाएर विद्यालयमा आएर पढ्न सहज हुने थियो । 

बर्खाको समय तातो हुने गरेको कक्षा कोठामा पढाउने गर्छु । यती बेला यहाँ धेरै चिसो हुने गरेको बालबालिकाहरुलाई बाहिर घाममा पढाउने गरेको नाथले बताए ।

हिमाली, जगनाथ, स्वामिकार्तिक खापर, बुढीनन्दा, बडिमालिका लगायतका क्षेत्रमा चिसो धेरै हुन्छ भने यहाँको गौमुल, खप्तड छेडेदह, त्रिवेणी र बुढीगङ्गा नगरपालिका लगायतका ठाउँमा अति चिसो कम हुन्छ ।

सरकारले बालबालिकाहरुलाई विद्यालय आउँदा अनिवार्य विद्यालयको पोशाकमा आउनु पर्ने भने पनि यो क्षेत्रमा निकै चिसो हुने गरेको यहाँका बालबालिकाहरुले भित्रमा विद्यालयको पोशाक र बाहिरमा अन्य कपडा लगाएर आउने गर्दछन् ।

यहाँ कक्षा एकदेखि तीनसम्म २२८, चारदेखि पाँचसम्म १७६, छदेखि आठसम्म ११२, नौदेखि १० सम्म ६७, एघारदेखि १२ सम्म २९ र चार वटा क्याम्पसमा गरी ६१६ वटा विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताए । 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च