तीनकुने आगजनीमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सुरक्षण मुद्रणमा जागिर - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

तीनकुने आगजनीमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सुरक्षण मुद्रणमा जागिर

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२
  • सुन्नुहोस् 
249   
तीनकुने आगजनीमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सुरक्षण मुद्रणमा जागिर : Phulbari Khabar

काठमाडौं । गत चैत १५ गते राजाबादी आन्दोलनको दृश्य कैद गर्दागर्दै तीनकुनेको आगजनीमा जलेर निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई सरकारले रोजगारीको व्यवस्था गरेको छ । 

Phulbari Khabar

पत्रकार रजकको धर्मपत्नी सुजन मगियालाई आज सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरेको छ । यस अवसरमा मन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरू सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे ।

दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिदै मन्त्री खरेलले परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाए । 

Phulbari Khabar

पत्रकार सुरेश रजकलाई सहिद घोषणा, तीनकुनेमा रजकको सालिक निर्माण, परिवारलाई रोजगारीको अवसर र घटनाको दोषीमाथि कारबाही लगायतका माग रजकका परिवारले गर्दै आएको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च