कैलाली अदालत : ‘रिकभर’ गर्न थालियो जेनजी आन्दोलनमा जलेका डेटा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कैलाली अदालत : ‘रिकभर’ गर्न थालियो जेनजी आन्दोलनमा जलेका डेटा

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-८-२
  • सुन्नुहोस् 
192   
कैलाली अदालत : ‘रिकभर’ गर्न थालियो जेनजी आन्दोलनमा जलेका डेटा : Phulbari Khabar

धनगढी । गतभदौ २४ गते जेनजी आन्दोलनको क्रममा जिल्ला अदालत कैलालीमा ठुलो क्षति भयो । आन्दोलनमा गरिएको आगजनीबाट अदालतको अभिलेख शाखामा राखिएको २००७ सालदेखिका २९ हजार ७७७ वटा मिसिल, मुदा फाँटहरुमा रहेका ५६७ वटा मुद्दा मिसिल, तहसिल शाखामा रहेको चालु र तामेलीमा रहेका एक हजार ६६० थान निवेदनका फाइलहरु जलेर नष्ट भए ।

Phulbari Khabar

अदालतले आर्थिक वर्ष २०८२/८३ मा जिम्मेवारी सरेका र नयाँ दर्ता गरी जम्मा एक हजार ८३२ वटा मुद्दा मध्ये जलेर नष्ट भएका तथा फेला नपरेका ५६७ थान मुद्दाहरुको विवरणसहित कात्तिक १८ गते एक सूचना प्रकाशन गरेर ती कागजातहरुको पुनः प्राप्ति र प्रमाणीकरणको कार्यमा सहयोग गर्न अनुरोध गरेको छ । ‘सम्मानीत श्री सर्वोच्च अदालतबाट जरी गरीएको विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम यो सूचना प्रकाशन भएको मितिले ६० (साठी) दिनको समय निर्धारण गरी सम्बन्धित मुद्दाका पक्षहरु, कानून व्यवसायीहरु, जिल्ला बार इकाइ, सरकारी वकिल कार्यालय, अनुसन्धान गर्ने निकायहरु तथा अन्य सम्बन्धित सरोकारवाला निकाय तथा व्यक्तिहरुले आफुसँग भएका मुद्दासँग सम्बन्धित कागजातहरु (अभियोपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र समेतका अन्य) को प्रतिलिपि यस अदालतलाई उपलब्ध गराइ मिसिल कागजातहरुको पुनः प्राप्ति र प्रमाणीकरणको कार्यमा सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘उपरोक्तानुसारका कतिपय मिसिलहरु सम्मानीत श्री सर्वोच्च अदालत एवम् उच्च अदालत दिपायलमा पठाइएको हुनसक्ने भएको हुँदा सम्बन्धित अदालतसँग यस अदालतबाट समन्वयको कार्य भइरहेको र सम्बन्धित मुद्दाका सरोकारवाला पक्षहरुलाई मिसिल अन्यत्र अदालतमा रहेको बारेमा जानकारी भए सोको जानकारी यस अदालतलाई गराइदिन हुन समेत अनुरोध गरीन्छ ।’

अदालतले जारी गरेको सो सूचनाको आधारमा मुद्दाका सम्बन्धित पक्षहरु आएर आफूसंग भएका कागजातहरुको फोटोकपी सम्बन्धित फाँटहरुमा बुझाउन थालेको अदालतका सूचना अधिकारी पंकज उपाध्यायले बताए । यसैगरी, भूमि सुधार तथा मालपोत कार्यालय कैलालीले पनि सम्बन्धित जग्गाधनिहरुलाई आफूसंग गरेको कागजातको प्रतिलिपि बुझाउन सूचना जारी गरेको छ । सोही सूचनाको आधारमा केही कागजात आइरहेको सूचना अधिकारी दिलाराज भट्टले बताए । उनले कार्यालयले आगजनीमा गुमाए सम्पूर्ण कागजातहरु पाउन सक्ने अवस्था नरहेको बताए ।

Phulbari Khabar

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको सहकारी रजिष्ट्रारको कार्यालयको पनि सहकारी सम्बन्धी अधिकांश कागजपत्र जलेर नष्ट भएका छन् । सहकारी रजिष्ट्रार गणेशसिंह ऐरीले सहकारी सम्बन्धी विवरणहरु प्रदेशमा दर्ता रहेका सहकारी संस्थाहरुसंग उनीहरुको कारोबार सम्बन्धी विवरण माग गरिएको बताए । तर केही सहकारीहरुले मात्रै विवरण उपलब्ध गराएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च